हामी कति भाग्यमानी!

आहा ! हामी कति भाग्यमानी,
अरूकै भरमा चल्छ यो जिन्दगानी।

काम होस् या माम,
अर्को कै भर पर्नुरहेछ।

आफ्नो त के छ र,
सुन्दर, शान्त विशाल देश महान!

विश्वले जे जति प्रगति गरे नि के भोरु
हामी त्यसको उपभोग गर्ने नै छौँ।

उत्पादन विश्वमा जहाँ भए नि,
आयात गरिनै रहनेछौं।

आफ्नो श्रम र शक्ति विदेशमा बगाई,
दुई पैसा घर भित्र्याउन सिकेकै छौ।

मिठो मसिनो खाने कुरा,
लत्ताकपडा, मोटरगाडी,
जे खोजे नि विदेशबाट आईहाल्छ।

केको कमी छ हाम्रो खानपानमा,
खर्च गर्नु नै प¥यो आफ्नो शानमा।

हामी यसका गौरवशाली जनता,
आफूले केही गर्न नसके के भो,
अर्काको सामान किनी दिए त भो!


स्वदेशमा उत्पादन खासै नगरि,
एसियाली मापदण्ड पुगेकोमा छ गर्व
भयौं है,समृद्ध र सुखी नेपाली।

नारा हाम्रा,जहिले नि चर्का,
विदेशी सामान नै किन्न पल्केका।
एक दशकमा चार गुणा व्यापार घाटा पु¥याएका।

आत्मनिर्भर कहिले हुने,
हामीले किन सोच्नेरु
अरूले सोची,गरिदिए पुग्ने।

हामीलाई के पुगेको छैन र,
यस्ता पनि कुरा गर्ने रु

भोलि कसले देखेको छ र,
आजसम्म हामी नै भाग्यमानी,
उत्तर,दक्षिण मागे पुगिहाल्छ,
माग्दा माग्दै यो उमेर गईहाल्छ।

सोचम् है साथी१ समय जान के लाग्छ ररु
प्रजातन्त्र आएको सत्तरी वर्ष,
गणतन्त्र आएको पनि भएछ सोर्ह वर्ष ।

आहा! साँच्चैमा हामी भाग्यमानी,
यस्तै छ हाम्रो जिन्दगानी।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार