बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएको जनाइएको छ । यहाँ आइतबार ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो ।

त्यतै गएको २४ घण्टामा ४० जनाको संक्रमणका कारण मृत्यु भएको बताइएको छ । यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्य जस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेकोस्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार