प्रमोद खरेलको गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘बिहानीको मिर्मिरेमा’नजर प¥यो उनको रुपमा गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।


भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाकन, मिलन श्रेष्ठ र शाहील खानको सम्पादन रहेको छ ।
रोमान्टिक गीतको भिडियोमा सुधीर र उषा पनि रोमान्टिक अवतारमा उत्रिएका छन् । भिडियो आशुतोष फिल्मसले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया