मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य घट्यो

नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको मूल्य घट्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले घट्ए र ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया