माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीे बैठक आज पनि बस्दैछ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ । सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नैै संगाठानिक कामबारे छलफल हुनेछ ।

सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ।

तपाईको प्रतिक्रिया