बेलायतमा कोरोना संक्रमण दर बढ्दो‚ एकै दिन थपिए साढे ३२ हजार

बेलायतमा पछिल्लो समय कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजारभन्दा बढी थपिएका छन् ।

अन्तर्राष्ट्रय सञ्चार माध्यमका अनुसार आइतबार मात्र ३२ हजार ४१७ जना संक्रमित भेटिएका हुन् । गत २४ घण्टा यता मात्र थपिएका ती संक्रमतिहरुसँगै यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ आजसम्म संक्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्युको संख्या १ लाख ३६ हजार १६८ जना पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा मात्र यहाँ ५८ जनाको संक्रमणबाट मृत्यु गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ।

केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ। पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जनाभन्दा पनि बढी संक्रमित थपिने गरेका बताइएको छ।

तपाईको प्रतिक्रिया