कैलालीको नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु

कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।


अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको अस्पतालले जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ । तर मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेष्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार