देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको ज्यान गयो

बितेको २४ घण्टामा देशभर ८ हजार ३ सय ४ चार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो ।


यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गएको छन । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार