घुँयत्रो

संगठनलाई थिति भित्र राख्न सकिएन कार्यकर्ता छाडा भए गुठ उपगुठको खेलले चुलि नाघ्यो भने संगठन समालेर लग्न कति गारो सारो हुन्छ भन्ने कुरा ऐले काँग्रेसको जिम्मेवार पदमा बस्या नेताले बुझे होलान कि अँझै तिनरको अक्कलाँ गोबरनै भरिया होला । देशको यति जेठो पाटिको अधिबेशनमा समेत कार्यकर्तामा उत्साह र जाँगर छैन । खालि निर्देशनमा संगठन कब्जा गर्न खोज्नेहरुमात्र अधिबेशनका नाममा हलचल गरिरहेकाछन बाँकि कार्यकर्तालाई संगठन र पाटिको मायाँनै छैन ।

किन त भन्दा संगठन बनाउने पाटिलाई जनतासम्म पुर्याउने र नीतिभरिको राजानीति ,राजनीति हो यसलाई राम्रोशीत अघि बढाउन सकियो भनेमात्रै देश र जनताको हित हुन्छ भन्ने कुरा ऐलेका काँग्रेस कार्कर्ता जनतालाई बुझाउनै चाहँदैन । अधिवेशन भनेको जिल्लामा पाटि कव्जा र केन्द्रमा कब्जा जमाउन आफ्नो पक्षको र गुठगत राजनीतिलाई टेवा लगाउने मान्छेलाई छान्ने हो ।

त्यो छनाई मिले सल्लाले नमिले पाखुराको बलले भन्ने मानसिकतामा नेता कार्यकर्ताको खेलले गर्दा बल्लबल्ल हुन लागेको ६४ जिल्लाको ९ गतेको निर्वाचन पनि सबै जिल्लामा हुन सकेन शक्ति र सामर्थ्यकोभरमा कैयाँ जिल्लाट चुनाउ शारियो । एमालेको केन्द्रीय कमिटीको बैठकले जत्तिको पनि उत्साह ,जाँगर,चर्चा र जिज्ञाशा बटुल्न नसकेको काँग्रेस महाधिवेशनका आधारशिलाका निर्वाचनलाई हेर्दा आगामी निर्वाचनमा यो पाटिप्रति ध्यान तानिने र यो पाटिलाई जिताउनु पर्ने कारणबारे जनताले धेरै खोजिनीति गर्लान जस्तो देखिएन ।


पाटिको अधिवेशन पाटि संगठन बनाउन भन्दानि जिल्लाका कुनकुन नेताले पाटियाँ बर्चस्व राख्याछन तिनकै मान्छेलाई जिताउने खेलमा सिमित गरिनाले काँग्रेस ऐले काठमाडौंका सडकाँ गनाको फोहर भन्दानि बढि गन्हाएर बसिनसक्नु भाछ ।यो गुठउपगुठलाई निमिट्यान्न पार्ने नेताको चयन यिनी गुठेरामहरुबाट सम्भब छैन

त्यसैले अबको काँग्रेसमा कुनै चार्मिङ्ग पनि छैन र जनता पनि यो काँग्रेस भन्दा अर्काे प्रजातान्त्रिक पाटि आको भए हुन्थ्यो भन्ने पक्षमा छन तर के गर्नु नेपालका एकपछि अर्काे दलको हविगत उस्तै भएकाले काँग्रेसको गन्हाएको सिनो नबोकि नहुने बाध्यताछ । त्यसैले पनि चुनाउ छ छैन भयो भएन भन्ने कुरा जान्न कसैलाई उत्साह छैन । पाटिलाई यो हविगतिमा पुर्याउनुमा गुठका चम्चाहरुकै हात छ । हेरौँ चम्चाहरुले अरु के के विधिबंश गर्ने हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार