कक्षा १२ को नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा .डा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिएका छन ।

कोभिड(१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो । ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ ।’

उनका अनुसार सम्भवतस् सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ। करिब ४ लाख विद्यार्थीले कक्षा १२को परीक्षा दिएका छन्। बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो।

तपाईको प्रतिक्रिया