ईपीएल । रायनको कडा ब्याटिङ, काठमाडौँसँग ललितपुर पराजित

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

काठमाडौँका लागि रायन बर्लले कडा ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काए । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया