पहिलो भेटमा धेरै बोलेनन

नारायण सापकोटा : क्रान्ति अर्याल 

विहे सामाजिक बन्धन हो । अधिकांशले परिवार, आफन्त आफ्नै रहरमा पनि विहे गर्छन् । तर जीवनमा प्रायः एकपटक गरिने विहे गर्दा जीवनसाथी छनौटमा भने धेरैलाई सहज हुँदैन । आफैले रोज्न नसक्नेले परिवार, आफन्त र साथीको सहयोगमा विहेका लागि जोडी जुराउँछन् । आफैले मन पराएर वा आफन्तले जोडिदिएर पनि वैवाहिक सम्बन्धहरु स्थापित हुन्छन् । नेपाली संस्कार र प्रचलनमा भने धेरैजसो सम्बन्धहरु आफन्तले नै जुराइ दिन्छन् । यस्तै एउटा जोडी हो नारायण सापकोटा र क्रान्ति अर्यालको । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश

दिदीमार्फत चिनजान
नारायण सापकोटा र क्रान्तिको दिदी एउटै कलेजमा पढ्थे । उनीहरु मिल्ने साथी पनि थिए । क्रान्तिको दिदीलाई नारायणको बाँनी साह्रै राम्रो लाग्थ्यो । उनले आफ्नो बहिनीको विवाह गराउने सोचेकी थिइन् । क्रान्ति पनि त्यही कलेजमा पढ्थिन । तर उनी नारायणभन्दा सानो कक्षामा पढ्थिन् ।

एकदिन नारायण, क्रान्ति र उनको दिदी चिया खान बसे । अनि क्रान्तिको दिदीको मध्यस्थतामा नारायण र क्रान्तिको चिनजान भयो । थोरै परिचय मात्र गरेका उनीहरुले पहिलो भेटमा धेरै बोलेनन् ।
त्यसपछि उनीहरुको दिनदिनै भेट हुन थाल्यो । एउटै कक्षामा नभए पनि कलेज भने एउटै थियो । उनीहरु दुबै जनाले एकअर्काको बानीलाई नियालिरहेका हुन्थे । तथापि धेरै बोल्ने काम भने गरेका थिएनन् । उनीहरुले सन्चो र विसन्चो तथा पढाइको कुरा मात्र गर्थे । सामान्य साथीको रुपमा व्यवहार गर्दथे । नारायणको बारेमा भने क्रान्तिको दिदीलाई सबै थाहा थियो ।

अनि घरमा विहेको चर्चा

नारायण र क्रान्ति दुबैको बानी करिब मिल्दोजुल्दो थियो । उनीहरु आफ्नो काममा खुबै मेहेनत गर्थे र पढाइमा पनि ध्यान दिन्थे । क्रान्तिको दिदी र नारायण एउटै कक्षामा पढ्ने भएको हुँदा पनि सबै बानी क्रान्तिको दिदीलाई थाहा थियो । उनले शुरुमा नै आफ्नो बहिनीको विवाह नारायणसँग गराउन चाहन्थिन् ।
अनि दुबै जनाको घरमा उनले कुरा चलाइन् ।

दुबैतर्फ क्रान्ति र नारायणको विवाहको चर्चा चलेपछि नारायणको घरबाट क्रान्तिको घरमा गए । दुबै परिवारमा सहमतीपछि उनीहरुको मगनी भयो । अनि उनीहरु दुबै जना बजारमा किनमेल गर्न पनि जान्थे । एकअर्काको केयरसमेत गर्न थाले । दुबै परिवारको सहमतीपछि उनीहरु त्यतीबेलादेखि नै सहकार्य गर्न शुरु गरिसकेका थिए । त्यतीबेला नारायण स्नातक तहमा पढ्थे भने क्रान्ति प्लसटु पढ्थिन् ।

हचिनजान भएको पाँच बर्षमा बिहे घरपरिवारसँग विवाह गर्ने सहमति भएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत भयो । उनीहरुको चिनजान भएको ५ बर्षपछि २०६७ माघ १ गते विहे भयो । उनीहरु दुबै जनाले स्नातक सकेर विवाह गरेका हुन् । परिपक्व भइसकेका नारायणको उमेर २३ बर्ष थियो भने क्रान्तिको उमेर २० बर्ष थियो ।

विवाह भएर जाँदा क्रान्तिलाई केही फरक अनुभुती भए पनि नारायण र नारायणको परिवारको मायाले उनी छिट्टै घुलमिल हुन सकिन् । विवाह भएपछि उनीहरु धेरै जिल्लामा बसोबास गर्दै आए । नारायणको जागिरका कारण उनीहरु विभिन्न जिल्लामा अस्थायी रुपमा बसे । विवाह भएको शुरुमा आफ्नै गाउँ स्याङ्जामा बसेका उनीहरु केही समय लमजुङ बसे । अनि तनहुँ हुँदै अहिले सुर्खेत वीरेन्द्रनगरमा बस्छन् ।


जीवनमा संघर्ष

दुबै जना विभिन्न ठाउँमा गएर आफ्नो पढाइसँगै घरको जिम्मेवारी पनि पुरा गर्नुपथ्र्यो । विभिन्न जिल्लामा अस्थायी रुपमा बसेका उनीहरु कोठामा भाडामा बसेर आफ्नो लक्ष्य भेट्टाउन प्रयत्न गरे । पढाइ र काममा मेहेनत गर्न शुरु गरे । उनीहरु बिचमा काम गर्दा सल्लाह र सहकार्य भने सानोसानो कुरामासमेत हुने गथ्र्यो ।
दुबै जनाको मन भने मिल्थ्यो । लामो मेहनेत र संघर्षपछि नारायणले आफ्नो पढाइसँगै बैंकमा जागिर पाए । त्यसपछि उनीहरुको जीवनमा सहजता आयो । उनी अहिले जुम्लामा कार्यरत छन् । यता क्रान्तिले पनि मेहेनत गरेर पढिन् । उनी पनि अहिले विरेन्द्रनगरमा रहेको जागरण एफएममा कार्यरत छन् । उनीहरु सानोदेखि नै गाउँमा हुर्केर होला मेहेनतमा खुशी हुन्छन् ।

हकस्तो थियो बाल्यकाल ?

बुवा ओमनारायण सापकोटा र आमा हेमकुमारी सापकोटाको कोखबाट विस २०४४ सालमा आँधीखोला गाउँपालिका वडा नम्बर ६ सेतिदोभान स्याङ्जामा नारायणको जन्म भएको हो । सानो कक्षा गाउँमै पढेका उनी इमान्दार र मेहनती थिए । पढाइमा धेरै ध्यान दिने उनले घरको सबै काम गर्न जानेका थिए । उनी सानैदेखि मेहेनतमा रमाउन जानेका थिए । वालिङ बहुमुखि क्याम्पसबाट २०६६ सालमा व्याचलर गरेका हुन् ।

यता बुवा स्थानेश्वर अर्याल र आमा विन्दु अर्यालको कोखबाट विसं २०४६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १२ सुन्दरीखोलामा क्रान्तिको जन्म भएको हो । सानोदेखि नै आफ्नो काममा मात्र ध्यान दिने उनले सानो कक्षा गाउँमा पढिन् । त्यसपछि त्रिभुवन आदर्श माविबाट एसएलसी पास गरेकी उनले स्याङ्जाबाट व्याचलर गरिन् ।

हसल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् ।

दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोगविना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । सहयोगी स्वभाव र राम्रा ठाउँ घुम्न पनि जान्छन् ।
आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार