घुँयत्रो

वीरेन्द्रनगरको १ नं वडा कार्यालयाँ आगलागी भा सम्चार पढियो कोठाभित्र आगलागिभा दृष्य हेर्दा माओवादि युध्दका बेला हुने गर्या घटना याद आयो । यसो सोचें कतै माओवादिलेनै आगो लात हैनन । फेरि माओवादिहरु त अब आगोनि लाउन्नम मान्छे नि काट्दैनम भनेर राजनीतिको मुलधाराँ आईसक्याछ त्यसकारण नि उल्ले आगो ला होला भन्ने कुराँ अल्लि विश्वाश लाएन ।

यसो सम्झें १ नं वडाका अध्यक्ष आँफै माओवादियाट चुनाउ लड्या माओवादि कार्यकर्ता भएछि आफ्नै पाटिको नेताको कोठाँ आगो लाउने कुरै भएन । सम्चाराँ फेरि आगो लाउने मान्छ्या पैचाननि भै सक्या जस्तो कुरो देख्खियो सम्चार लेखाइ अनुसार त अध्यक्षसितै असहमति रञ को र अध्यक्षलाई काट्छु मार्छु भन्ने धम्किनि द्यारैछन ।

आगोलाउने भनिया वास्तम लाम्छाने बाजे बरु कुनचाइँ पाटिका नेता कार्यकर्तारैछन कुन्नि रु कुनै दलकै नेता रैछन भनेत वडा कार्यालयाँ भा क्षति माफिनै हुने होला तर सर्वसाधारण भएत लाम्छाने बाजेले रिसको झोकाँ जे सुकै गरेनि पुलिसको राम्रै रामधुलाई पाउने होलान । किनभने ऐल्या मानव अधिकारमैत्रि पुलिसको रामधुलाई सम्झन लाएकै हुन्छ ।

हैन ती लाम्छाने बाजेनि आँटिनै हुन गाँठे साँच्चिकै सेवाग्राहिलाई सेवादिन ढिला गर्दा त्यसकै रिसको झोकाँ अध्यक्षको मेखै मार्छु भनेर आगो ला हुनकि के हो कुन्नि आगलागीको कारण त सार्वजनिक भएन तर तर आगो लाग्या समय र अबस्थालाई हेर्दा कार्यालयाँ कर्मचारी हुने अबस्थाँ आगो लाउँदानि कर्मचारीले के हेर्या होलान भन्ने पो प्रश्न उठ्याछ त १ आखिर यौटा मान्छेलाई त्याँका कर्मचारीले रोक्न सकेन होलान त कि लामछानेबाजे ठुलै डन रैछन कुन्नि रु हुन त यो करनाली हो यहाँ महान पाटिका महान मान्छेहरुछन उनीहरुलाई जे गर्ननि छुटछ ।

आफ्नो सरकार भा बेलाँ नपा छुट कैले पाउने हो रु अबको २ बर्षसम्मलाई जल्लाई जे जे गर्न मन लाग्छ गर्दा हुन्छ सरकारका मान्छेलाई सबै छुट छ ।२ बर्ष पछिभने जनताले के गर्ने हुन ऐल्यै केइ भन्न मिल्दैन । हेरम लामछाने बाजेलाई हाम्रो सरकारले छुट दिन्छ कि भाको क्षतिको सुदसमेत लिन्छ त्यैँबाट था हुन्छ घटना काँट किन भा हो । जयहोस कर्नाली सरकार

तपाईको प्रतिक्रिया