तुलसी बुढाथोकी उद्यमी, वीरेन्द्रनगर ।

सफलता चाहेर मात्र हुँदैन । अनि यो असम्भव पनि छैन । जसले जीवनमा मेहनत गर्छन्, उनीहरु सफल बनेका पनि धेरै उदारण पनि छन् । दुखमा नआत्तिने र सुखमा नमात्तिने मानिस नै जीवनमा सफल हुन्छ । आज जो सफल छन्, उनीहरुले दुख र मेहनत पनि गरेका छन् । यस्तै एक पात्र हुन् सुर्खेतकी तुलसी बुढाथोकी । जो आफ्नो मेहनतमा मात्र विश्वास गर्छिन् ।

निरन्तर मेहनत गरेकै कारण आज उनी उद्यमी बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै बुढाथोकीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश हपानी बोक्दै, स्कुल जाँदै बुवा टिकाराम भट्टराई र आमा मनकुमारी भ्टराईको कोखबाट २०४६ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिकाको पलैटेमा तुलसी बुढाथोकीको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएकी उनको बाल्यकाल पनि सामान्य नै थियो ।

उनका सात बहिनी र एक भाई थिए । उनी घरको राँइली छोरी हुन् । उनका बुवाले कृषि पेशा गर्थे । घरको मुख्य स्रोत भनेको कृषि थियो । उनको जन्म पलैटेमा भए पनि बालयकाल भने वीरेन्द्रनगर नगरपालिका १४ सिद्धपाईलामा वितेको हो । तुलसीको बाल्यकाल अरुको जस्तो सहज भने थिएन । सानैदेखि नै उनले विभिन्न उतारचडावहरु भोग्दै आइन् । बाल्यकालमा विभिन्न समस्या र उतारचढाव भोग्दै आएकी उनले सानो कक्षा गोठीकाँडामा पढिन् । ९ कक्षासम्म त्यहीँ पढेकी हुन् ।

साँझबिहान बचेको समय घरको काम गरेर विद्यालय जाने गर्थिन् । उनको गाउँमा खानेपानीको समस्या थियो । एक घण्टा हिँडेर खानेपनी बोकेर ल्याएर उनी विद्यालय जाने गर्थिन् । सँगै उनले घरको अन्य काम पनि गर्नुपर्ने हुन्थ्यो ।

अनि पढाइ रोकियो

सफलता चाहेर मात्र हुँदैन । अनि यो असम्भव पनि छैन । जसले जीवनमा मेहनत गर्छन्, उनीहरु सफल बनेका पनि धेरै उदारण पनि छन् ।


दुखमा नआत्तिने र सुखमा नमात्तिने मानिस नै जीवनमा सफल हुन्छ । आज जो सफल छन्, उनीहरुले दुख र मेहनत पनि गरेका छन् । यस्तै एक पात्र हुन् सुर्खेतकी तुलसी बुढाथोकी । जो आफ्नो मेहनतमा मात्र विश्वास गर्छिन् ।

निरन्तर मेहनत गरेकै कारण आज उनी उद्यमी बन्न सफल भएकी छन् । आजको जम्काभेटमा उनै बुढाथोकीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश कक्षा पास भएपछि उनको पढ्ने इच्छा अधुरै रह्यो । एकातिर घरको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतिर पढ्ने वातावरण कतैबाट पनि मिलेन । अनि उनले आफ्नो पढाइलाई रोक्नुपर्ने अवस्था आयो । लगत्तै उनको सल्यानमा विवाह भयो । विवाहपछि पनि उनले पढाइलाई निरन्तरता दिन खोजिन् । उनका श्रीमान्ले पनि तुलसीलाई पढाउने भनेका थिए ।

तर घरको आर्थिक समस्यासँगै जिम्मेवारीका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् । त्यसपछि उनी आफ्नो पढ्ने इच्छा पुरै बन्द गरेर घरायसी आफ्नो जिम्मेवारी बहन गर्नेतर्फ लागिन् ।

हशिक्षक बन्ने सपना अधुरै
तुलसीले पढ्दै गर्दा शिक्षक बन्ने लक्ष्य राखेकी थिइन् । उनको माइती घरको वातावरण सहज नहुँदा उनले पढाइ नै पुरा गर्न नपाएपछि उनको लक्ष्य अधुरै रह्यो । पढाइमा उनी टपर थिइन् । मेहेनत पनि धेरै गर्थिन् । उनको गुरुहरुले पनि भविश्यमा केही गर्न सक्ने आशा राखेका थिए । तर उनले आफ् नो चाहनाअनुसारको लक्ष्य पुरा गर्न सकिनन् । तर उनले हार भने जीवनमा कहिले पनि खाइनन् ।

अनि उद्यमी बनिन्
उनको सानैदेखिको स्वभाव भनेको जीवनमा केही उदारणिय काम गर्नुपर्छ भन्ने थियो । त्यही स्वभावका कारण उनलाई जती नै अवरोध आए पनि छेक्न सकेनन् । उनले आफुले अब केही सीप सिकेर उद्यमी बन्ने निर्णय गरिन् । उनका श्रीमान्सँग पनि यस विषयमा सल्लाह गरिन् ।
दुबैको सल्लाहअनुसार उनी सुर्खेतमा रहेको बौद्ध ग्रामीण सहकारी संस्थामा आवद्ध भइन् । त्यस सहकारीले विभिन्न बुनाई सम्बन्धीको तालिम दिने गरेको थियो । त्यही तालिममा उनी सहभागी भइन् । उनले गलैचा बुन्न सिकिन् । अनि उनी उद्यमी बनिन् । र त्यही सीप प्रयोग गर्दै उनी आफ् नो रोजगारीको बाटोमा हिँडिरहेकी छन् । अहिले उनी बेरोजगार बस्नु परेको छैन ।

हसंघर्षले जीवनमा सफलता
सानैदेखि संघर्ष गर्दै आएकी उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनको बुवाको निधनपछि दिदीभिनाजुको घरमा बस्नुपर्यो । विवाहपछि अझै जिम्मेवारी थपियो । घरको सबै जिम्मेवारी पुरा गर्नुपर्ने एकातिर छोराछोरी पढाउनुपर्ने अर्कोतिर । धेरै अभावका बिचमा उनले संघर्ष गरिन् । त्यो संघर्षमा उनको श्रीमान् मोहन बुढाथोकीले पनि साथ दिए । सल्यानमा विवाह भएपछि उनीहरु भाडामा सुर्खेतमा बस्दै आएका थिए । वीरेन्दनगरमा भाडामा बसेर जीवन चलाउनुपर्ने सहज थिएन । उनका श्रीमान् ड्राइभिङ पेशामा थिए ।
एक जनाको कमाइँले सबै खर्च धान्न समस्या थियो । अनि दुबैजनाको संघर्ष र लगावका कारण अहिले दुबैजना रोजगारीमा छन् । आफ्नै गाडी किनेका छन् भने सुर्खेतमा अन्य भौतिक सम्पती पनि जोडेका छन् । लामो संघर्षपछि उनीहरु अहिले सन्तुष्ट छन् । उनी विगतलाई सम्झदै भन्छिन्, संघर्षले नै मानिसलाई सफल बनाउँदो रहेछ ।
आगामी योजना
उनको आगामी योजना भनेको ठुलो केही छैन । आफुले पढेर ठुलो मान्छे बन्ने लक्ष्य अधुरै भए पनि आफ्ना छोराछोरीलाई पढाएर ठुलो मानिस बनाउने उनको योजना छ ।
कसैले पनि अभावमा बाँच्न नपरोस् भन्नका लागि उनले आफ् नो जीवनकालमा विभिन्न सीपहरु युवा र महिलाहरुलाई सिकाउने योजना उनको छ ।