स्रष्टा नै भ्रष्ट भएपछि के हुन्छ ?

यो शीर्षकमा लेख्न एउटा सामान्य लेखकका नाताले आफैँलाई असहज महसुस भएको छ। तर‚ आफैँलाई बदलेर र बदल्न प्रयत्न गरेर मात्र समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षाले यस लेखकलाई लेख्न प्रेरित गरेको छ।

अझ आवश्यक पर्‍यो भने आफैँ आफ्नै टाउकामा आगो झोस्न तयार भएकाले यस विषयमा लेख्न खासै भारी विषय पनि लागेको छैन। तर‚ केही मानिसहरू आलोचना नगरे हुन्थ्यो भन्दा रहेछन्। तर‚ क्षयरोग लागेपछि भैँसीलाई हान्ने सुई मानिसलाई पनि धस्काउनु पर्छ। भनिन्छ(

इमान्दार मान्छेले त्यति ठाउँ बनाउँदैन  
जति ठाउँ झुटो र धोकेवाज मान्छले बनाउँछ। 

लोकतान्त्रिक गणतन्त्र कालमा पनि यो भनाइ जस्तै हुने हो भने २०६२/६३ पछि प्राप्त उपलब्धिलाई जनताले धिक्कार्ने छन्‚ दुत्कार्ने छन्। यस कालमा इमान्दार भनेर चिनिएको स्रष्टा नै भ्रष्ट हुन थाल्नु भनेको दिमाग, बुद्धि र विवेक सड्नु हो।

जबजका प्रणेता तथा जननेता मदन भण्डारीले उहिले महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आयोजित प्राध्यापक, स्रष्टा तथा शिक्षकहरूको भेलामा अवसर पाएर पनि इमान्दार हुनु चाहिँ सर्वोपरि महत्वको विषय हो भन्नु भएको थियो। कतै कुनै केही पनि आर्थिक‚ भौतिक दुरुपयोग गर्ने अवसर नपाएर त्यसै त्यसै कक्रिएर इमान्दार हुनु ठूलो कुरा होइन। सबै शिक्षक‚ प्राध्यापक र स्रष्टा अत्यन्त इमान्दार छन् भनेर कदापि विश्वास गर्न सकिन्न भन्ने कुरामा भण्डारीको जोड थियो।

जब स्रष्टाहरूको नेतृत्वमा सञ्चालित साझा प्रकाशन आर्थिक तथा भौतिक रुपमा धराशायी हुन्छ। जब वाणी प्रकाशन चुर्लुम्म डुब्छ। जब सरकारी र गैरसरकारी संस्था, प्रज्ञा प्रतिष्ठानहरूबाट प्रदान गरिने कतिपय पुरस्कारमा पाँडे पजनी हुन्छ। जब प्रज्ञामा परिषद् सदस्य र प्राज्ञ सभामा पनि कुलपति नै पाँडे पजनीका भरमा निकट मानिस पनि भर्ती गर्न थाल्छन् र यस्ता कुरामा सरकार प्रमुख र सरकार फट्के किनारा साक्षी बस्छन्। त्यस बेला पशुपतिनाथले बाहेक कसले नैतिक जवाफदेही हुने हो-

गल्ती कमजोरी भयो‚ हुन्छ तर त्यही गल्ती जानीजानी दोहोर्‍याउने कुरा अग्रगमन हो ररु हिजै जसो ओली सरकार प्रतिगमनकारी भयो भन्दै सडकमा उफ्रने कतिपय लेखक, बुद्धिजीवी र स्रष्टाको मन, मति र गति के रहेछ बुझ्न पर्याप्त भएन ?

जब स्रष्टाहरूको नेतृत्वमा सञ्चालित साझा प्रकाशन आर्थिक तथा भौतिक रुपमा धराशायी हुन्छ। जब वाणी प्रकाशन चुर्लुम्म डुब्छ। जब सरकारी र गैरसरकारी संस्था, प्रज्ञा प्रतिष्ठानहरूबाट प्रदान गरिने कतिपय पुरस्कारमा पाँडे पजनी हुन्छ। जब प्रज्ञामा परिषद् सदस्य र प्राज्ञ सभामा पनि कुलपति नै पाँडे पजनीका भरमा निकट मानिस पनि भर्ती गर्न थाल्छन् र यस्ता कुरामा सरकार प्रमुख र सरकार फट्के किनारा साक्षी बस्छन्। त्यस बेला पशुपतिनाथले बाहेक कसले नैतिक जवाफदेही हुने हो१
यही गणतन्त्र कालमा एक सर्जकको नेपाल टेलिभिजनको केन्द्रीय प्रसारणबाट एक स्रष्टाको अन्तर्वार्ता लिन अर्को स्रष्टाले मोटो रकम पैसा मागेको सुनिएको थियो। हुँदाहुँदा पुरस्कार राशि दिने अनि त्यही प्रदान गरेको राशिबाट कमिसन खाने गरेको अपुष्ट आशंका पनि एक सर्जकले सुनाए। अब त के हुन्छ, हुनसक्छ वा के चाहिं हुदैन भन्ने कुरै रहेन। यहाँ जे पनि हुँदो रहेछ।

प्रगतिशील लेखक संघ, नेपाल सबै प्रगतिशील पक्षधरहरूको साझा साहित्यिक संस्था हो। यसले बर्सेनि प्रलेस स्थापना दिवसमा स्रष्टा पुरस्कार प्रदान गर्ने गरेको छ। साझा संस्था भएकाले पालैपालो सबै घटकका वरिष्ठ स्रष्टाहरू पुरस्कृत गर्ने गरिएको छ। यसपटक माओवादी घटकका वरिष्ठ कवि वा स्रष्टालाई पुरस्कृत गर्ने क्रममा प्रलेस पूर्वअध्यक्ष, पूर्वप्राज्ञ तथा वरिष्ठ कवि मातृका पोखरेललाई दिने छनौट समितिको सिफारिसमा निर्णय गरेको सार्वजनिक रुपमा थाहा भयो।

यो कुरा सुन्ने बित्तिकै आफ्नै सल्लाहकार र त्यसमा पनि बारबार अनेक अवसर पाइरहेका पोखरेलले भन्दा उही घटकका अर्का वरिष्ठ कवि वा स्रष्टालाई पुरस्कृत गरे हुन्थ्यो भन्ने प्रारम्भिक प्रतिक्रिया यस लेखकले सार्वजनिक गरेको थियो।

तर कुरो बुझ्दै जाँदा त सम्बन्धित पार्टी कमाण्डरले नै पनि कसरी अरु कोही नै नभए जस्तो गरी एउटै व्यक्तिलाई पुरस्कृत गर्न दवाव दिइन्छ र दिन लगाइन्छ भन्ने कुरा स्वतः आउँछ।

सबै स्रष्टा भ्रष्ट किमार्थ हुँदैनन्। तर यही सामाजिक संरचनामा जन्मेको र हुर्केको सर्जक पनि एउटा मानव हो। यो सर्वथा सबै हिसाबले चोखो हुन्छ भन्ने हुँदो रहेनछ।अब भने यस खालका भ्रष्ट कुरालाई प्रवृत्तिका रुपमा मात्र उल्लेख गरेर गर्दा गलत मानिस लुक्ने खतरा हुँदो रहेछ। त्यसैले अब त्यस्ताका नाम नामेसी नै तोकेर लेखे मात्र सुध्रने अवस्था देखेर यो लेख लेखिएको हो। नत्र क्षयरोगले भित्रभित्रै समाजलाई मात्र होइन स्रष्टा समाजलाई पनि खोक्रो बनाउने निश्चित देखियो।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जनसांस्कृतिक महासंघले सिफारिस गरेको प्रसिद्ध नाट्य र सिने कलाकार देशभक्त खनालको नाममा टिपेक्स लगाएर प्रगतिशील पहिचानका डा। गिरीले दङ्गाली मन्त्री पोखरेललाई र अर्को पटक उनै गिरीले फेरि प्रसिद्ध विद्वान् भिक्टर प्रधानको नाम कटाएर सुनसरीका तत्कालीन आचार्य थरि माननीय मन्त्रीसित लगन गाँठो कसेर फेरि प्रतिष्ठानको प्रज्ञा परिषद्को सदस्य हत्याए।


अर्का पौडेल थरी समालोचक प्राडाले राष्ट्रिय स्तरको कुलपति गंगाप्रसाद उप्रेतीमार्फत् देवकोटा निबन्ध पुरस्कार हत्याएको गाइँगुइँ चर्चा भयो। तर‚ एकजनाले पनि गलत कुराको सबैले सुन्ने गरी विरोध गरेन। वरिष्ठ स्रष्टा गायत्री विष्टको प्रज्ञा परिषद्‍मा मनोनित गर्ने अन्तिम घडीमा उपकुलपति उप्रेतीले आफ्ना निकट एक पौडेल थरि डा। लाई महिला प्राज्ञ कोटामा पाँडे पजनी गरे।

साम्राज्यवादी र पुँजीवादी भनिने कतिपय स्रष्टा बरु इमान्दार देखिन्छन्। प्रसिद्ध आख्यानकार सरुभक्तले प्राज्ञिक तथा सर्जक इमान राखे। कतिले त सांस्कृतिक संस्थानमा नियुक्त हुँदा आर्थिक चरम दुरुपयोग गरे भन्ने पनि छ। अलिअलि होइन गतिलै धनमाल हात पारेको उहिल्यै यस लेखकले थाहा पाएको थियो।

कतिपय प्रगतिशील भनिनेहरू चरित्रहीन देखिए। महामना मोदनाथ प्रश्रितका भनाइ अनुसार तीनजनाको मूल्याङ्कन समिति बनाइन्छ अनि एकजना मलाई पनि राखिन्छ। तर दुईजना खुराफाती पहिले नै सल्लाह गरेर आउँछन् र बहुमतले पुरस्कृत व्यक्तिको छनौट गर्छन्। आफूलाई विवादमा पार्छन् भन्नु भएको थियो। अझ उहाँले काठमाडौँबाहेकलाई हत्तपत्त पुरस्कृत नै गर्दैनन् भन्नुहुन्थ्यो।

स्रष्टाहरू समाजका अगुवा हुन्। थोरैले धेरैलाई सिर्जनामार्फत प्रभावित पारेर समाजलाई रुपान्तरण गर्न सर्जकको महानतम भूमिका हुन्छ। यही भूमिकालाई मध्यनजर गरेर २०६२र६३ पछि बनेका संघ, प्रदेश र स्थानीय स्तरका सरकारहरूले पुरस्कृत गर्ने उपक्रम सुरु गरेका छन्।

यसै क्रममा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विगत वर्ष झैँ पुरस्कृत प्रतिभा छनौट समितिले नामहरू मन्त्रालयमा सिफारिस गर्‍यो। तर‚ मन्त्रालयले सार्वजनिक गर्नुभन्दा पहिले नै नितान्त निहित र निकृष्ट स्वार्थवस सिफारिस समितिका प्रमुखले सिफारिस गरेका प्रतिभाको नाम बीचैमा सार्वजनिक गरेर विवाद बढाए।

सुन्नमा आए अनुसार प्रदेश पुरस्कारका लागि अमुक नेताको दवाव र प्रभावमा एकजना सामान्य स्रष्टालाई सिफारिस गरेको छ। यस्तै रत्यौली खेल्ने हो भने धिक्कार भन्नु पर्ने अवस्था छ। नगरपालिका स्तरको प्रज्ञा प्रतिष्ठानमा कुलसचिव भएर स्रष्टाहरूलाई पुरस्कृत सम्मानित गर्नु पर्नेमा आफैँ ५० हजार राशि हत्याउने जस्ता लाज र घिनहीन गतिविधिको साक्षी फेरि कुनै कुनै वरिष्ठ स्रष्टा नै हुँदा तिनलाई कला कूटनीति सिकाउनुपर्ने देखियो।

पुरस्कार र पदक त आफ्नै सिर्जनात्मक योगदान र पौरखले पाएमा मात्र गौरव र स्वाभिमान बोध हुँदो हो। यस विपरीत पुरस्कार पाउनु सर्मनाक हुँदैन ररु एउटा स्वाभिमानी तथा प्रभावशाली स्रष्टाले देख्नेलाई नै लाज हुने अवस्था आउन दिनु हुँदैन। भ्रष्ट नेता भनेर आलोचना गर्ने स्रष्टाहरू नै नेतालाई नै बिर्साउने गरी भ्रष्ट हुन थालेपछि स्रष्टालाई पनि भ्रष्ट भन्ने दिन आएको देखियो।

कम्तीमा आफूलाई प्रगतिशील प्रगतिवादी अग्रगामी मार्क्सवादी भन्ने लेखक, बुद्धिजीवी र स्रष्टाले त्यही मान्यताकै धज्जी उडाएको देख्दा यो लेखक आफैँ तीन छक्क परेको छ। यस्तै भ्रष्ट,अनियमित गतिविधि गरेपछि यसको पोल एक दिन खुल्छ। खुलेपछि के हुन्छ त्यसको लेखा स्रष्टाले राखेको छ ? प्रगतिशील वा प्रगतिवादी लेखन क्षेत्रमा समाजवादी प्रतिस्पर्धा होइन। आफू मात्र एक्लो अग्लो हुन हत्ते हाल्ने आत्मरति हाबी देखिन्छ। साहित्य र कलामार्फत परोक्ष रूपमा समाजलाई अग्रगामी चेत, चिन्तन र चरित्र प्रदान गर्ने कुरामा खासै ध्यान जान सकिरहेको देखिँदैन।

साहित्यले त अग्रगामी दिशा दृष्टिलाई भौतिकीकरण गर्न सक्नुपर्छ। अनेक खालका अन्ध र पश्चगमन विरोधी कलात्मक रचनामार्फत समाजलाई रुपान्तरित गर्न सघाउनु सिर्जना र सर्जकको महानता हो। लेख्नका लागि लेख्ने र पढ्नका लागि पढ्नुको के काम हुन्छ र१

थोरैले धेरैलाई प्रभावित पर्ने क्षमताका लेखक, बुद्धिजीवी, गायक विभिन्न विधा स्रष्टाहरू समाजका अगुवा हुन्। यिनीहरू संस्कृतिका संवाहक पनि हुन्। आम पाठक तथा स्रोता समाजलाई मर्मस्पर्शी, हृदय संवेद्य तथा रागात्मक गहिरो प्रभाव पार्ने महान् क्षमता सर्जकहरूमा हुन्छ।

वर्तमानमा प्राप्त उपलब्धिको सिर्जनात्मक रुपमा जगेर्ना गर्न प्रतिबद्ध रहने। सरकारका सकारात्मक कामहरूको दृढ रुपमा पक्षपोषण गर्ने‚ नकारात्मक कामहरूबारे सुधार गर्न बाध्य पार्ने गरी आलोचना पनि गर्ने दोहोरो दायित्व प्रगतिशील तथा प्रगातिवादी स्रष्टाहरूमा हुनु वाञ्छनीय हुन्छ। प्रगतिशील स्रष्टाहरू सत्ता र सरकारका सदा विरोधी वा प्रतिपक्षी होइनन्। यी सकारात्मक वा सिर्जनात्मक प्रतिपक्षी हुन् भन्ने बुझ्नु जाती हुन्छ। संघ, प्रदेश, स्थानीय तह र वडाले देश र जनताका हितमा गरेका कामको पनि विरोध गरिन्छ। त्यसैले निरपेक्ष मूल्यांकन गरेर आफ्नै उपलब्धि र प्राप्तिलाई कसैले खिज्याउनु हुँदैन।

कार्ल मार्क्सले परिवर्तित राजनैतिक अवस्थामा लामो समय पुरानै शासक तथा शासन व्यवस्थाको विचार र संस्कृति नेता, बुद्धिजीवी तथा स्रष्टाहरूमा हाबी हुने हुनाले यसमा समयमै गम्भीर हुन आग्रह गरेका थिए। त्यसैले परिवर्तित परिस्थिति अनुसार स्रष्टाहरूले सोच र समझमा परिवर्तन गर्नु अपरिहार्य हुन्छ।

कम्तीमा आफूलाई प्रगतिशील प्रगतिवादी अग्रगामी मार्क्सवादी भन्ने लेखक, बुद्धिजीवी र स्रष्टाले त्यही मान्यताकै धज्जी उडाएको देख्दा यो लेखक आफैँ तीन छक्क परेको छ। यस्तै भ्रष्ट,अनियमित गतिविधि गरेपछि यसको पोल एक दिन खुल्छ। खुलेपछि के हुन्छ त्यसको लेखा स्रष्टाले राखेको छ ? -थाहाखब_


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार