घुँयत्राे

सुर्खेतका विजुली, टेलिफोन र केवललाइनले वीरेन्द्रनगर बजारलाई कुरुप बनाको देख्दा राजधानी जस्तो ठाउँमा यस्तो लापरबाही र बेथिति हुन दिनु हुन्न भनेर सिडिओ साहेबले सम्बन्धित निकायलाई त्यसको ब्यबस्थापन गर्न सम्बन्धित निकायका नाममा सूचना जारी गर्या देख्दा सारै खुसी लाग्या छ ।

कमसेकम राज्यको एउटा अंगलाई त लाग्या रैछकी यस्तो बेथिति हुन दिनु हुन्न भनेर । तर के गर्ने सिडिओ साहब तीनहरुका नाममा सूचना जारी गरे पनि तीनरले जिम्मेवारी सम्झेनन् र काम गरेनन् भने उनरलाई कारबाही गर्ने ब्यबस्था नहुँदा यस्ता कामले ब्याबहारिकता पाउलान् जस्तो लाग्दैन ।

सडक खन्दा, पाइपलाइन र ढल निकास गर्दा अनि टेलिफोनको लाइन विस्तार गर्दा सरोकारवाला निकायको सहकार्य अनिवार्य हुन्छ । र सरकारले समन्वय अनिवार्यको नियम नबनाएर मनपरी गर्न देकोछ भने अब ती झुण्ड्याई सकेका तार अनि ढल्न तयार भएका पोल न त विजुलीले नै हटाउँछ न त दूरसन्चारले नै । सडकमा परेका वा ढलेर तुरुन्तै क्षति गर्ने पोल सार्न सूचना गर्दा त सुर्खेत बिजुलीका हाकिमले टेर्दैनन् भने प्रशासनको सुचना हेरेर हाकिमले काम गर्लान् भन्ने मलाइ त्यस्तो लाग्दैन ।


राम्रो काम गर्न खोज्नेको यो देशाँ कहिल्यै खैरियत हुँदैन । जिल्ला प्रशासनबाट जारी सूचनालाई लिएर बरु सम्बन्धित निकायका हाकिमहरु सिडिओ साहेबको सरुवा गराउन दौडधुप गर्लान् । तर काम गर्दैनन् । यसरी भनेको टेर्ने र राज्यका निम्ति सकारात्मक सोच राखेर काम गर्नेे ब्यक्ति बिरलै पाईन्छन् । काम गर्नुअघि यो कामबाट आर्थिक लाभ लिन पाइन्छकी पाइन्न भनेर लाभ हुने भए मात्रै काम गर्न कर्मचारीकै संगठनले सिकाएको छ । अनि कर्मचारीहरु संगठनका बलमा भष्टाचारको सोचमा मात्रै दौडीरहेका हुन्छन् ।

त्यसैले चामलमा बियाँ भन्या तपाइँजस्तै (सिडिओ कोहीकोही कर्मचारी होलान् राम्रो सोच्ने । बाँकी सबै कर्मचारीको हर्कत देखिने गर्या हुनाले नी तपाइँले गर्न लाग्या राम्रो कार्यमा सहयोग गर्दैनन् भन्न खोजिएको हो । हेरौँ विजुली र दुरसन्चारका हाकिमले सिडिओ साहेबलाई सघाउँछन् की मैले लेखेको कुरालाई सत्य प्रमाणित गराउँछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार