महानायकपछि ‘महानायिका को  ?’ भन्ने बहस ?  करिश्मा कि गौरी  ?

‘महानायक को ?’ यो विषयमा केही अगाडि चर्को बहस थियो । कतिले महानायकको रूपमा अभिनेता राजेश हमालको वकालत गरे भने कतिले किन  के कारणले हमाल महानायक हुन् भन्दै प्रश्न उठाए । केही हमालको अभिनय क्षेत्रप्रतिको लगावलाई लिएर महानायक मान्न तयार पनि थिए भने कतिले त उनी सामाजिक हुन नसकेको, उनका राम्रो फिल्मको संख्या नभएको भन्दै महानायक मान्न आपत्ति जनाए ।

अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा ‘अभिनेता हमाल महानायक हो र ?’ भनेका कारण समेत उनले सामाजिक सञ्जालमा चर्को आलोचना नै खेप्नुपर्यो । समयसँगै यो विषय सेलाएर गयो ।

अहिले फेरि ‘महानायिका’ को ? भन्ने विषयमा विवाद सिर्जना भएको छ । जसको सूत्रपात अभिनेता भुवन केसीले गरे । हालै राजधानीमा आयोजित शोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ फिल्मको कार्यक्रममा भुवनले अभिनेत्री गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिए । उनको अभिनय क्षमताका कारण मल्ल ‘महानायिका’को उपाधिको हकदार रहेको भुवनले कार्यक्रममा स्पष्ट पारे ।

भुवनको उपाधि भिराउने शृङ्खला यतिमा रोकिएन । उनले त अभिनेता शिव श्रेष्ठलाई पनि ‘महानायक’ भनेर समेत उपाधि दिए । ‘जसले सुपरहिट थुप्रै फिल्म दियो, पाकिस्तानदेखि नेपाल थर्कायो । उ महानायक नभएर को हुन्छ त ? भुवनको प्रश्न थियो । भुवनले यसो गर्नुको पछाडिको कारण राजेश हमाललाई ‘महानायक’ को उपाधि दिएको उनलाई पहिले देखिनै चित्त बुझेको छैन ।

कार्यक्रममा उपाधि दिने क्रम भुवनमा मात्र कहाँ रोकियो र रु । अभिनेता शिव श्रेष्ठले पनि अभिनेत्री गौरीलाई ‘महानायिका’ कै रूपमा चर्चा गरे । शिवले गौरीलाई अभिनयको ‘पाठशाला’ भएको भन्दै ‘महानायिका’ भएको धारणा राखेका थिए ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले भने नेपालमा दिने उपाधिको औचित्य नरहेको बताइन् । उनले आफू उपाधि भन्दा काम चाहने स्पष्ट पारिन् । कार्यक्रम त त्यतिकै सकियो, तर उपाधिको विवाद सकिएन ।

राजेश र शिवले गौरीलाई किन ‘महानायिका’ भने त्यो विवादको विषय भएन । विवादको विषय ‘महानायिका’ को भन्ने भयो । किनभने केही अगाडि एक संस्थाले सार्वजनिक कार्यक्रममा अभिनेत्री करिश्मालाई मानन्धरलाई ‘महानायिका’को उपाधि जो दिएको थियो । करिश्मालाई यो उपाधि अभिनेता राजेश हमालले आफ्नो हातबाट दिएका थिए ।

केका आधारमा महानायक वा महानायिका चुन्ने रु यसको मापदण्ड यो भन्ने कहीँ कतै केही छैन । त्यसैले पनि यस्ता उपाधि सधैँ विवादमा रहने गर्दछ । महानायक वा महानायिकाको उपाधि आफूलाई मन लागेको व्यक्तिलाई आफू खुसी दिँदा ‘महानायक’, ‘महानायिका’ कसलाई भन्ने सर्वसाधारणलाई अन्योल सधैँ पर्ने गरेको छ । सबैको मनमा यतिबेला पनि एउटै प्रश्न उब्जिएको छ । महानायिका को रु गौरी कि करिश्मा ।

तपाईको प्रतिक्रिया