अफगानिस्तानमा तालिबानद्वारा महिला मन्त्रालय बन्द

तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ । केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो।
तालिबानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट कडा इस्लामिक शासन लागू गरेको थियो । यही मन्त्रालयले महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो ।


शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर यसको ठाउँमा सद्गुण र दुर्गण निर्धारण गर्ने नैतिक मन्त्रालय स्थापना गरेको हो । तालिबानको यो कदमसँगै पछिल्लो २० वर्ष अफगान महिलाहरुले निरन्तर कडा संघर्ष गरेर पाएका आधारभूत अधिकारहरु अहिले फेरि गुम्ने खतरा भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार