घुँयत्राे

देशलाई हरेक कुराको प्रयोगशाला बनाएर प्रयोगको राजनीति गर्दै आका नेपालका नेतारु नी देश र जनता निम्ती सारै घामण पो देखिन थाले त हँ । केही महिना अघिसम्म सत्ताको लेनदेनका लागि एकले अर्काको खेदो खन्नसम्म खनेर हरेक कुरालाई अदालत पुर्याएर अदालताँ छिनोफानो गर्न नी कुन न्यायाधीश राख्ने, कुन नराख्ने भनेर बेन्चमै घम्साघम्सी गराउने राजनीतिक खेलपछि अहिले फेरि संसद नै चल्न नदिने खेलले देश हाँसोको पात्र बनिरहेको छ । आफ्नो साँसदलाई कारबाही गर्देन भनेर सदनमै मुक्कामुक्किमा उत्रेको एमाले सदनबाट ऐन पास गर्नै दिईरहेको छैन । आश्विन १ गतेसम्म आर्थिक बिधेयक पास गर्नु पर्नेमा त्यो नगर्दा देश बजेट होलिडेमा परिणत भएको छ ।

बजेट होलिडे गराउन पाएकोमा आँफुलाई सक्षम ठानेका एमाले नेताहरु सत्तारुढ गठबन्धनलाई केहिदिन भए नी नङ्ग्याउन पाईन्छ भन्ने दाउमा लागेर त्यसो गरेको देखिन्छ भने संसदमा बहुमतमा रहेको सरकार मन्त्रीमण्डल नै गठन गर्न नसकेर सत्ताट भागम्की बसम् भन्नेमा छ । जसरी बजेट होलिडे हुनुको दोष विपक्षीले सत्तारुढ दललाई दिएको छ, त्यसरी नै सत्तारुढ दलले नी त्यसको दोष एमालेमा थोपरेर आँफू चोखो बन्न खोज्दैछ । नेपालको ईतिहाँसमै नआएको यस्तो घटना घटाएर नेपाललाई प्रयोगशालाको रुपमा देखाउन खोजिँदैछ । यसले नेपाली काँग्रेस फेरि एकपटक नराम्रोसित चुकेको छ ।

सत्ता बहुमतको छ । दुई महिनासम्म मन्त्रीमण्डल गठन गर्न सकेको छैन । संविधानत असोज १ गतेसम्म आर्थिक विधेयक पारित भएर आइसक्नु पर्नेमा बिधेयक पारित गराउन नसकेर देशलाई आर्थिक होलिडेको अबस्थामा पुर्याईएको छ । भोलिका दिनमा यो पार्टीलाई राजनीतिक विश्लेषकहरुले के भनेर विश्लेषण गर्लान् र जनताले सरकारमाथि कस्ता दृष्टिकोण बनाएका होलान् । यावत प्रश्न काँग्रेस र एमालेमाथि जनताले पक्कै बनाएका छन् । यसको जवाफ चुनावमा दिन सके राम्रो हुन्थ्यो । तर देशमा यिनै दलबाहेक अरु दल छैनन् । जनतालाई यिनै दलबाट रोजेर मत हाल्न बाध्यता छ ।

त्यसैले यीनिहरुबाट देश बन्ने आशा पनि जनतामा छैन । फगत औपचारिकता निभाउन एउटालाई मत हाल्न मतदान केन्द्रसम्म जानुपर्छ । त्यसका नेता र घोषणा पत्र हेरेर हैन । त्यसैले नेपालको राजनीतिले देश बनाउने अडकल काटनु मुर्खता हुनेछ । यसले त नेता बनाउने मात्रै हो ।

तपाईको प्रतिक्रिया