राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र एमाले नेता शाह राउटे वस्तिमा

दुर्गा विसी
सल्यान, १ असोज ।
सल्यान पश्चिमा वसाइ सरेका राउटे समुदायलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सामग्री वितरण गरेका छन् ।सामग्री वितरण कार्यक्रम अध्यक्ष तिमिल्सिनाले राउटे जातिको उत्थानका लागि स्थानीय सरकारले वढि तदारुकता देखाउनुपर्ने कुरामा जोड दिएको छ । उनिहरु वसाइ सरेर जाने स्थानमा वालवालिकाको शिक्षा,स्वास्थ्य र आवासमा सामान्य चासो दिनुपर्ने कुरामा तिमिल्सिनाको विशेष आग्रह रहेको छ ।

राउटेहरु स्थायी रुपमा वस्न नचाहने जाति भएकोले उनिहरु वसाइ सरेर जाने स्थानमा यी ३ कुरामा विशेष ख्याल मात्रै गरिदिए राउटेको पछिल्लो पुस्ता आधुनिकतातिर ढल्किने विश्वास गरिएको छ ।राउटेहरुको आधारभुत अवस्था मात्रै ख्याल राखि विदेशमा रहेका आन्तहरुले पठाएको म्याट,७५ सेट,वल्याकेट ७५ सेट,पि फम ७५ सेट,पाल ५० सेट,चप्पल १ सय २५ सेट,सावुन नुहाउने कपडा,पिठो ५ सय केजि ४ लाख बराबरको सामग्री वितरण गरिएको छ ।

राउटे समुदायलाई आधुनिकतामा लैजानका लागि सबैको उत्तरदायित्व रहेको प्रदेश संसद तथा एमाले कर्णाली प्रदेश सचेतक गुलाफ जंग शाहीको भनाइ रहेको थियोे । स्थानीय स्तरमै वस्ने भएकोले मुख्य रेखदेख र शिक्षादिक्षामा अलि वढि जोड स्थानीय सरकारले गर्नु पर्ने उनको धारणा थियोे ।
राउटे समुदायको उत्थानका लागि विगत १८ वर्ष देखि निरन्तर सेवामूलक संस्थाकि अध्यक्ष सत्यदेवि अधिकारीले राउटेहरुको संरक्षणमा काम गर्दै र पुलको रुपमा सहजिकरण गरिरहेको जनाइन । राउटे समुदायको उत्थान र संरक्षणमा सत्यदेविको अतुलिनिय भुमिका रहेको छ । सामग्री वितरणमा संसद पदमा खट्का सल्यान प्रमुख जिल्ला अधिकारी लक्ष्मि देवि हुमागाइ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र दुबई जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको व्यक्तिगत सहयोग र सहजिकरणमा वेलायतमा वस्दै आएका उनका आफ्नत विरेन्द्र जंग लामिछाने पठाएको रकमको स्वरुपबाट उक्त सामग्री खरिद गरि सम्बन्धित जिल्लाका माननीय सहित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ठुलो लावलस्कर सहित राउटे वस्ति सल्यान पश्चिम घाटगाउ पुगेका थिए ।

त्यहाँ पुगेर उनिहरु आवास र खानपिनमा समेत चासो दिएका छन् । आफ्नो नगरमा आएका राउटे समुदायलाई नगरले भरपुर सहयोग गर्ने सामग्री वितरण कार्यक्रमकि अध्यक्ष तथा नगर उप प्रमुख मञ्जु यरिको भनाइ रहेको छ । राउटे समुदायलाई सामग्री वितरण कार्यक्रमको सहजिकरण नगरपालिकाका निम्ति प्रमुख प्रशासकिय अधिकृत धर्म राज ढकालले गरेका थिए । बनगाड कुपिण्डे नगरपालिकाले यतिखेर राउटे समुदायको वास,गासको व्यवस्थापनका लागि निकै राम्रो सहयोग र सहजिकरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया