जसले जीवनमा धेरै संघर्ष गरेर ‘हेडसर’ बने

गणेशकुमार न्यौपाने
प्रधानाध्यापक, नेरामावि वीरेन्द्रनगर, सुर्खेत

सफलता चाहेर मात्र हुँदैन । अनि यो असम्भव पनि छैन । जसले जीवनमा मेहनत गर्छन्, उनीहरु सफल बनेका पनि धेरै उदारण पनि छन् । दुखमा नआत्तिने र सुखमा नमात्तिने मानिस नै जीवनमा सफल हुन्छ । आज जो सफल छन्, उनीहरुले दुख र मेहनत पनि गरेका छन् । यस्तै एक पात्र हुन् गणेशकुमार न्यौपाने । जो आफ्नो मेहनतमा मात्र विश्वास गर्छन् । मेहनत गरेकै कारण आज उनी वीरेन्द्रनगरमा रहेको नेरामावि डाँडास्कुलको प्रधानाध्यापक बनेका छन् । आजको जम्काभेटमा उनै न्यौपानेसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सफलता चाहेर मात्र हुँदैन । अनि यो असम्भव पनि छैन । जसले जीवनमा मेहनत गर्छन्, उनीहरु सफल बनेका पनि धेरै उदारण पनि छन् । दुखमा नआत्तिने र सुखमा नमात्तिने मानिस नै जीवनमा सफल हुन्छ । आज जो सफल छन्, उनीहरुले दुख र मेहनत पनि गरेका छन् । यस्तै एक पात्र हुन् गणेशकुमार न्यौपाने । जो आफ्नो मेहनतमा मात्र विश्वास गर्छन् । मेहनत गरेकै कारण आज उनी वीरेन्द्रनगरमा रहेको नेरामावि डाँडास्कुलको प्रधानाध्यापक बनेका छन् । आजको जम्काभेटमा उनै न्यौपानेसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् ।  प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सानोमा खाना पकाउँथे
बुवा लक्ष्मीप्रसाद न्यौपाने र आमा भागिरथी न्यौपानेको कोखबाट विस २०३७ साल असार १९ गते सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ३ मा गणेशको जन्म भयो । उनी घरको जेठो छोरा हुन् । उनका दुई भाइबहिनी छन् । सामान्य परिवारमा जन्मिएका उनका बुवाले छापाखानामा काम गर्थे । घरको मुख्य स्रोत भनेको कृषि थियो । उनको बाल्यकाल अरुको जस्तो सहज भने थिएन । सानैदेखि नै उनले विभिन्न उतारचडावहरु भोग्दै आए ।

उनको घरमा हजुरबुवा र आमा पनि बिरामी अवस्थामै हुन्थिन् । उनको बुवाले बिरामीको स्याहार र उपचार गराउन लिन ठिक्क हुन्थ्यो । घरमा खाना पकाउनेसमेत कोही नभएपछि उनले सानैदेखि खाना पकाएर भाई बहिनीलाई र आफु विद्यालय जान्थे । उनले बिहानबेलुकी खेतबारीको काम गर्नुपर्ने हुन्थ्यो । अरु साथीहरुसँगसमेत उनले खेल्न पाउँदैनथे । १० कक्षासम्म भैरव मावि भैरवस्थानमा पढेका उनले २०५२ सालमा एसएलसी पास गरे । दुख गरेर पढेका उनी पढाइमासमेत मेहनती र लगनशिल थिए ।

डाक्टर बन्ने सपना अधुरै
सबै काममा सानैदेखि पोख्त उनले आफु डाक्टर बन्ने लक्ष्य राखेका थिए । डाक्टर बन्ने लक्ष्यका साथ अगाडी बढेका उनी एसएलसी पासलगत्तै काठमाडौं गएर पढ्ने चाहना राखेका थिए । तर उनमा घरको सबै जिम्मेवारी आइसकेको थियो । उनले घरको सबै आर्थिक समस्या समेत टार्नुपर्ने अवस्था आइसकेको थियो ।

उनको बुवा पनि काम गर्न नसक्ने अवस्थामा पुगेपछि भाईबहिनीहरुलाई पढाउनुपर्ने लगायतका जिम्मेवार ीसमेत बढ्दै गयो । अनि आर्थिक अभावकै कारण उनले आफुले बोकेको लक्ष्य पुरा गर्न चाहेर पनि सकेनन् । घरको वातावरण पनि नभएको र शिक्षा लिन पनि रकम नभएको हुँदा उनले डाक्टर बन्ने लक्ष्य पुरा गर्न सकेनन् । शिक्षकहरुले उनको पढाइप्रति धेरै प्रसंशा गर्थे ।

अनि शिक्षण पेशामा जोडिए
२०५२ सालमा एसएलसी पास गरेका उनले शिक्षा क्याम्पस सुर्खेतमा आईएड पढ्न भर्ना भए । उनले आफु पढ्दै र पढाउँदै गर्न थाले । गणेशले २०५५ सालबाट नीजि विद्यालयमा पढाउन थालेका हुन् । उनले होमट्युसन समेत पढाउँथे । त्यसपछि २०५७ सालमा उनी नीजि स्रोतबाट नेरामावि डाँडास्कुलमा नियुक्त भए ।

दुईबर्ष त्यही विद्यालयमा पढाए । त्यही पढाउँदै गर्दा कालिकोटमा माविको दरबन्दी खाली भएपछि उनी त्यहा गएर १२ बर्षसम्म अध्यापन गराए । अध्यापन गराउँदै गर्दा उनले शिक्षक सेवा आयोगको तयारीसमेत गरिरहेका थिए । अनि २०७१ सालमा स्थायी नियुक्ती पाउन सफल भए । उनले शिक्षा क्याम्पसबाट दुई वटा विषयमा डिग्री गरेका छन् ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका गणेशले जीवनमा धेरै संघर्ष गरे । उनको बुवापछिको घरको सबै जिम्मेवारी उनकै काँधमा थियो । आफ्नो पढाइ पुरा गर्नुपर्ने एकातिर थियो भने भाईबहिनीहरुलाई पढाउनुपर्ने अर्कोतिर थियो । घरको सबै आर्थिक जिम्मेवारी उनकै काँधमा थियो । उनी आईएड पढ्दै गर्दादेखि नै बिहान क्याम्पस आएका साँझ ७ बजे घर फर्किन्थे । क्याम्पसमा पढेर नीजि विद्यालयमा पढाउन जान्थे । विद्यालय समय सकेर उनी ट्युसन पढाउन जान्थे ।

घरमा उनको आमा पनि बिरामी थिइन् । घरको सबै खर्च उनले बेहोर्नुपर्ने अवस्था थियो । घरको जिम्मेवारी भएकाले नै उनले बाहिर गएर पढ्न पनि पाएनन् । उनको विवाह समेत भयो । विवाहपछि झनै जिम्मेवारी थपियो । छोराछोरी जन्मिए । उनीहरुलाई हुर्काउनुपर्ने धेरै संघर्ष गर्थे । तर सानैदेखि संघर्षमा रमाउन सिकेका उनले कहिले पनि हार खाएनन् ।

उनी बिना काम कतै पनि समय विताउँदैनन् । यही संघर्षले उनी अहिले नेपाल राष्टिय माध्यमिक विद्यालय वीरेनद्रनगर सुर्खेतको प्रधानाध्यापक छन् । उनको श्रीमती पनि पढाउछिन्। बिना काम बस्न नसक्ने उनी अहिले पनि १२ घण्टाभन्दा धेरै व्यस्त हुन्छन् । उनको अनुभवमा संघर्षले नै मानिसलाई सफल बनाउदो रहेछ ।

आगामी योजना
उनी डाँडास्कुलको प्रधानाध्यापक भइसकेपछि विद्यालयमा धेरै सुधार ल्याएका छन् । विगतमा विद्यार्थी नै नहुने विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ । उनको भावी योजना भनेको आफ्नो क्षेत्रमा सुधार ल्याउनु हो । सँगै अवकाशपछि उनले पछिल्लो पुस्तामा हराउँदै गएको संस्कार र बढेको गलत व्यवहारलाई कम गर्नेगरी विभिन्न अभियान चलाउने हो ।

तपाईको प्रतिक्रिया