नक्कली पुर्जा बनाएर बेचेको आरोपमा दुई जना पक्राउ (भिडियाेसहित)

सुर्खेत, १ असोज ।
सुर्खेतमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ का २५ बर्षीय दिपक झा र सोही ठाउँका २७ बर्षीय कविर खाँण छन् । उनीहरुले वीरेन्द्रनगर–९ कै स्थानीय सुवास घतानेलाई किता नं. १५८ र १६४ को जग्गा कायम गरी बिक्री गरेका थिए । मालपोत कार्यालयले नक्कली पूर्जा बनाएर जग्गा बिक्री गर्न खोज्ने झा र खाँणलाई कारबाही गर्न प्रहरी गुहारेपछि घटना बाहिरिएको हो ।

उनीहरुले नक्कली पूर्जा, कार्यालयको सही छाप र हस्ताक्षर किर्ते गरेर जग्गा बिक्री गरेको मालापोत कार्यालय सुर्खेत प्रमुख जनकबहादुर हमालले जानकारी दिए । घतानेलाई झुक्काएर केही रकम समेत लिइएकेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरमा जग्गाको कारोबार बढेपछि कार्यालयले हालः अनलाइन प्रणालीबाट जग्गा कारोबारको गर्दै आएको छ ।

अनलाइन प्रणालीबाट जग्गाको कारोबार गरे पनि अन्तिम रुजु गर्ने काम भने मालपोतले नै गर्दछ । तर झा र खाँणले मालपोत कार्यालयमा आफै काम गरिदिने बहानामा लालपुर्जामा नक्कली सही र कार्यालयको छाप दुरुपयोग गरी घतानेलाई झुक्काएका हुन् । घतानेले भदौं २९ गते मालपोतमा पुगेर जग्गाको धनी पूर्जा हेर्न खोज्दा नक्कली भएको खुलेको थियो । पक्राउ परेकाविरुद्ध सरकारी कार्यालयको सही छाप र हस्ताक्षर दुरुपयोग गरेको अभियोगमा मुद्धा चलाउने तयारी भइरहेको सुर्खेतका एसपी पदम विष्टले जानकारी दिए ।


भिडियाे लिडक यहाँ हेर्नुहाेस :


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार