सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले घट्यो

असोज १, काठमाडौं । असोज महीनाको पहिलो तथा साताको अन्तिम कारोबार दिन (आज)शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू। ७०० ले घटेको सुनको मूल्य शुक्रवार रू। १ हजार ४०० ले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ८९ हजार १०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू। ९० हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू। १ हजार ४०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ८८ हजार ६५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९० हजारमा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू। १ हजार २०० मा कारोबार भएको चाँदी शुक्रवार रू। ३० ले घटेर प्रतितोला रू।१ हजार १७० मा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया