दैलेखमा शिक्षकको विभत्स हत्या, शंकास्पद दुई जना पक्राउ

दैलेख दैलेखमा सोमबार राति एक शिक्षकको विभत्स हत्या भएको छ। गुराँस गाउँपालिकाको मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो।

दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठका अनुसार घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिक्षकको शव भेटिएको छ। ‘स्कूलकै प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको खबर आएको छ,’ उनले भने, ‘हत्या कसले र किन गर्‍यो भन्ने यकिन भएको छैन।’


सोमबार बिहान दूध पुर्‍याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको आशंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। विवरण खुलाइएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार