चाेरी मुद्दाका तीन जना पक्राउ

सुर्खेत । विभिन्न स्थानबाट फरक फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरनगरपालिका ४ सुर्खेत निवासी ५५ वर्षीय महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको भन्दै गएकाे साउन २६ गते जिप्रका सुर्खेतमा निवेदन हालेकी थिईन् । त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आईतबार सुर्खेतबाट तीनजना व्यक्तिलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

त्यससँगै बरामद भएका विभिन्न दशीमा समानहरु पनि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने अभियुक्तहरुमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नम्बर वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार जना रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

दशीका आधारमा बरामद मालसामानसहरुमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरुवा औंठी, एक थान पत्थर भएको सुनको औंठी, एक थान एलईडी टिभी, एक थान ३२ ईञ्चको टिभी, र एक थान खुँडा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया