सेयर बजारमा सामान्य सुधार, सवा ९ अर्ब २९ करोडकाे कारोबार

काठमाडौं : साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ७० को विन्दुमा रोकिएको छ।

आज २ सय २६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता सेयर ९ अर्ब २९ करोडमा कारोबार भएको छ। आज दुई बीमा कम्पनी र एक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।

अजोड इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको सेयरमा सकारात्मक सर्किट लागेको छ। कालिका हाइड्रोपावर, रैराङ र ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको ६१ करोड ९३ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ४७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सातको पहिलो दिन आइतबार नेप्से ७१.४३ अंकले बढेको थियो।

तपाईको प्रतिक्रिया