चीनसँगको सीमा विवादबारे सत्यतथ्य छानबिन गर्न स्थानीयको आग्रह

भाद्र २८, सोमबार सिमकोट । चीनसँग सीमा विवाद सुल्झाउनका लागि सरकाले गठन गरेको अध्ययन समितिलाई सत्यतथ्य छानबिन गर्न हुम्लाबासीले आग्रह गरेका छन् ।

समितिले हुम्लामा आइतबार आयोजना गरेको सुझाव संकलन कार्यक्रममा हुम्लाबासीले यस्तो आग्रह गरेका हुन् । सुझाव संकलन कार्यक्रममा पूर्वमन्त्री एवम् कर्णाली प्रदेश सभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सत्यतथ्य छानबिन गरी विवाद समाधान गर्न आग्रह गरेका थिए ।

अहिलेसम्म बाहिर आएका कुरालाई स्थलगत रूपमा देखिएको अवस्थाबारे पनि अध्ययनले समेट्न उनले आग्रह गरेका छन् । असोजमा उनी आफैंले सीमास्तम्भ नम्बर ५ देखि १२ सम्म स्थलगत अनुगमनमा गएका थिए ।

उनले लोलुङजोङमा पहिले नेपालले सडक निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी रूपमा पुनर्निर्माण गरेकोमा आपत्ति जनाउँदै आएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहीले गत वर्ष आफूले स्थलगत रूपमा अध्ययनपछि तयार गरेको प्रतिवेदनबारे पनि टोलीलाई जानकारी गराएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सीमा अध्ययन टोलीका सदस्यलगायतको सहभागिता थियाो । १६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिमा गृह मन्त्रालयका सह–सचिव, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सम्मिलित छन् ।

तपाईको प्रतिक्रिया