विश्वविद्यालयमा राजनीति चल्दैन : उपकुलपति सिंह

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयमा दलीय राजनीति पूर्णरूपमा बन्द हुनुपर्ने बताएका छन्। कोरियामा अध्यनरत नेपाली विद्यार्थीहरूको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले ‘सोनसिक साझा मंच- भाग ३’ मा मध्य-पश्चिम विश्वविद्यालयका उपकुलपति  सिंहसँग गरेको  संवादमा उनले आफ्नो नेतृत्वमा  मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश  पार्दै आमूल रूपान्तरणको बाटोमा लागेको बताएका छन्।

उनले स्वायत्त विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धाबाट रजिस्टार, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखहरू, प्राध्यापकहरू, अनुसन्धाताहरू तथा कर्मचारीहरूको छनोटमा आफू निकै ऊर्जा सहित लागेको बताउँदै विश्वमा भइरहेका अनुसन्धानबारे चर्चा गरेका थिए।

उनले भने ,‘ विश्वविद्यालय अनुसन्धान केन्द्र आवश्यक छ तर त्यसकालागि नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनुपर्छ। विश्वविद्यालयलाई विश्व स्तरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका तथा हुने भौतिक संरचनाहरु तथा अन्य अनुसन्धान संरचनाले विश्वविद्यालयको शैक्षिक गुणस्तरमा विकास गर्न मद्धत गर्छ।’


कार्यक्रममा बोल्दै सोनसिक सभापति दीर्घ राज जोशीले सोनसिक साझा मंच मार्फत नेपालका विश्वविद्यालयका उपकुलपतिहरू, अनुसन्धान केन्द्रका प्रमुखहरू, नास्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरत, निजी क्षेत्र बाट प्रयत्न गरिरहेकाहरु तथा देश विदेशमा रहेका विज्ञ अनुसन्धातालाई समेट्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार