बाघको आक्रमणबाट बाँकेमा एकजनाको मृत्यु

काठमाडौं : बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको हो।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले पुष्टि गरे।

केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका ती व्यक्ति हिजो बेलुकीदेखि हराएका थिए। उनको आज बिहान साढे ७ बजे निकुञ्जभित्र एउटा खुट्टामात्र भेटिएको वार्डेन साहले जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ छन्।

तपाईको प्रतिक्रिया