लायन्स क्लवबाट रक्तदान कार्यक्रम

सुर्खेत, २६ भदाै ।

रक्तदान : जीवन दान भन्ने मुल नारासहित रक्तदान कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएकाे छ । लाईन्स क्लव अफ बुलबुले सुर्खेतकाे अायाेजना तथा सुर्खेतका सम्पुर्ण लायन्स क्लवहरूकाे सक्रियतामा रक्तदान सम्पन्न भएकाे छ । लायन्स क्लव अफ सुर्खेत बुलबुलेका अध्यक्ष कृष्ण ढकालकाे अध्यक्षता एवम एक्जुकेटिभ डिष्टिक चिफ टिकाराम चपाईकाे प्रमुख अातिथ्यता, नेपाल रेडक्रस साेसाईटी सुर्खेतका सभापति रामलाल अाचार्यकाे विशेष अातिथ्यतामा रक्तदान सम्पन्न भएकाे थियाे ।


लायन्स क्लव अफ सुर्खेत बुलबुलेका प्रथम उपाध्यक्ष सन्ताेष शर्माले रक्तदाननै जीवनदान भएकाले प्रदेश अस्पतालमा रहेकाे रगत अभावलाई परिपूर्ति गर्न रक्तदान गरेर महत्वपुर्ण सहयाेग गर्ने सबै रक्तदाताहरूलाई धन्यबाद ब्यक्त गर्नुभएकाे थियाे । रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक टाेलीले रक्तदानलाई प्राबिधिक सहयाेग गर्नुभएकाे थियाे । रक्तदानमा २२ जनाले रक्तदान गर्नुभएकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार