शान्दार मःम को २६ औंँ शाखा सुर्खेतमा

सुर्खेत, २२ भदौं ।
काठमाडौंको चर्चित शान्दार मःम ब्राण्डको २६ औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ । वीरेन्द्रनगर–३, यरिचोकमा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । मःम का पारखीहरुका लागि लक्षित गरी काठमाडौंकै स्वादमा मःम का सबै परिकार अव सुर्खेतमा उपलब्ध हुने भएको छ । काठमाडौं, भक्तपुर, ललितपुरमा दुई दर्जनबढी शाखा सञ्चालनमा ल्याएको शान्दार मःम ब्राण्डको २६ औं शाखा सुर्खेतमा खोलिएको छ ।


७० लाखको लगानीमा निर्माण व्यवसायी सूर्य बहादुर रावतका छोरा सुवास रावतले शान्दार मःम को शाखा सञ्चालनमा ल्याउनुभएको छ । एकै पटक २५० जनालाई खाजा खुवाउन सकिने गरी १० जना दक्ष जनशक्ति परिचालन गरिएको बताइएको छ । चिकेन मःम, मटन मःम, भेज मःम, पनिर मःम को आत्याधुनिक मेसिनबाट उत्पादन तथा विक्रि वितरण सुरु गरिएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले एक कार्यक्रमवीच सोमबार उक्त मःम पसलको उद्घाटन गर्नुभएको थियो । पसलको उद्घाटनमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्षण कँडेल, सचिव भद्र भण्डारी, ब्राइट फ्यूचर कृषि कलेजका अध्यक्ष वीर बहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया