३० वर्षदेखि एउटै नम्बरको लोटरी भरे, अहिले करोडपति बने

एजेन्सी । भर्खरै अमेरिका बस्ने एक व्यक्तिले लोटरीमा ज्याकपट जितेका छन् । तपाईलाई लाग्ला कि यो सामान्य कुरा हो । हर दिन लोटरीका यति धेरै टिकट खुल्छ र कसै न कसैले जित्छ ।

तर यी व्यक्तिको कथा फरक छ । उनले १९९१ यता लगातार एकै सेटको टिकट किनिरहेका थिए, त्यही कारण यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाग्यमा थियो विश्वास

केही मानिसहरू आफ्नो जिद्दीमा पक्का हुन्छन् । जिद्दी भएर उनीहरू लगातार त्यस्तो काम गर्छन् र कुनै न कुनै दिन सफल हुने आशा राख्छन् । यी व्यक्तिको हकमा पनि यस्तै भयो ।

यद्यपि, लोटरी टिकटमा कोही पनि व्यक्ति आफ्नो जीतलाई लिएर सुनिश्चित हुन सक्दैन । अमेरिकाको मिचिगन राज्यमा बस्ने यी व्यक्तिले लोटरी टिकटको एउटै सेट १९९१ देखि किनिरहे । तर भाग्य भर्खरै खुल्यो ।

‘मैले धेरै पटक नम्बर बदल्ने विषयमा पनि सोचेँ, तर फेरि यही सेटमा टिकिराख्न मन लाग्यो । आज १ करोड ८० लाख ४१ हजार डलर लोटरी जित्दा मलाई विश्वास भइरहेको छैन,’ उनले भने ।

यी व्यक्तिले लोटरीमा जितेको १ करोड १७ लाख डलर क्यासमा लिने फैसला गरेका छन् । यस रकमको केही हिस्सा उनले आफ्नो परिवारलाई दिनेछन् र बाँकी रकम बचत गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया