सूप बनाउनका लागि काटिएको थियो कोब्रा, २० मिनेटपछि डस्यो; शेफको मृत्यु

एजेन्सी । सर्पले डसेका कारण मानिसहरुको मृत्यु हुनु साधारण कुरा हो, तर दक्षिण चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए ।

त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो । सर्पको काटिएको टाउकोले उनलाई टोकेको थियो जसका कारण उनको मृत्यु भयो ।

दक्षिण चीनको ग्वांगडोंग प्रान्तको फोशान सिटीमा बस्ने शेफ पेंग फ्न इन्डोचाइजीज स्पिटिङ कोब्राको मासुबाट सूप तयार गरिरहेका थिए । वास्तवमा चीनमा विषालु कोब्राको मासुले बनेको सूप अत्यधिक रुचायन्छ । धेरैजसो रेष्टुरेन्टमा यस्तै सूप पाइन्छ ।

शेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको काटेपछि सूप बनाउन २० मिनेटको समय लगाए । त्यसपछि शेफ किचन सफा गर्न थाले । शेफले सर्पको काटिएको टाउकोलाई डस्टबीनमा फ्याँक्न उठाउँदा उनलाई कोब्राले टोक्यो ।

त्यतिबेला रेष्टुरेन्टमा भएका ग्राहक ४४ वर्षीय लिन सनले भने, ‘हामी श्रीमतीको जन्मदिनको अवसर पारेर रेष्टुरेन्टमा खाना खान गएका थियौं । त्यति नै बेला अचानक हंगामा भयो । सुरुमा त के भयो, थाहै भएन, किचनबाट चिच्याएको आवाज आइरहेको थियो ।’

उनले भने, ‘त्यसपछि हामीलाई थाहा भयो कि शेफलाई सर्पले टोक्यो । त्यहाँ भागदौड मच्चियो । डाक्टरलाई फोन गरियो तर डाक्टरको टीम पुग्दासम्म शेफको मृत्यु भइसकेको थियो ।’

प्रहरी प्रवक्ताले यो घटनाबारे भने, ‘यो एक निकै असामान्य घटना हो, यो एउटा दुर्घटना हो । शेफलाई बचाउनका लागि केही पनि गर्न सकिँदैनथ्यो, डाक्टरले मात्रै उनलाई सहयोग गर्न सक्थे ।’

यद्यपि, यो मामिलामा विशेषज्ञले सर्प र अन्य घस्रने जनावर मारिएको एक घण्टापछि सम्म प्रतिक्रियाशील व्यवहार गर्न सक्छन् । कोब्राले थुक्दा निस्कने विष असाध्यै घातक हुन्छ । यसमा न्यूरोटक्सिन हुन्छ, जसले ३० मिनेटभित्र मार्न सक्छ वा प्यारालाइसीस बनाउन सक्छ ।

केही देशमा सर्पको मासु खाँदा रहस्यमय स्वास्थ्य लाभ हुने मान्यता राखिन्छ जसका कारण केही प्रजाति लोप हुने स्थितिमा छन् । चीनमा इन्डोचाइनीज स्पिटिङ कोब्राको शिकार हुने गर्दछ ।

तपाईको प्रतिक्रिया