हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा भइन् भावुक

एजेन्सी । गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् ।

गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा गर्दै आएको आरोप लगाएकी छन् ।

शालिनी अगस्ट २८ मा अदालतमा सुनुवाइको क्रममा हनी सिंहले उनीमाथि मानसिक र शारीरिक शोषण गरेको विषयमा बयान दिँदै भावुक भइन् ।


एएनआईका अनुसार जिल्ला अदालत तीस हजारीमा सुनुवाइको क्रममा हनी सिंहकी पत्नी शालिनी न्यायाधीशको अगाडि रोइन् ।

मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहले शालिनीसँग अरु कुनै उपाय नभएको बताइन् । उनले शालिनीले हनीलाई जीवनको १० वर्ष दिएको बताइन् । शालिनीले सधैँ हनीलाई साथ र सहयोग गरेको भन्दै तानियाले यो प्रकरण छिट्टै टुंगोमा पुग्नुपर्ने बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार