श्रीमानबाट छुट्टिने योजनामा छिन् शिल्पा शेट्टी ? राज कुन्द्राको पैसा छुन पनि नचाहेको दाबी

एजेन्सी । बलिउड नायिका शिल्पा शेट्टीको विषयमा भारतीय मिडियामा एउटा नयाँ खबर प्रकाशित भएको छ । रिपोर्टका अनुसार शिल्पा आफ्ना बच्चासहित श्रीमान् राज कुन्द्रासँग अलग्गिने योजना बुनिरहेकी छिन् ।

वास्तवमा, शिल्पाका श्रीमान् राज कुन्द्रालाई १९ जुलाई २०२१ मा पोर्न फिल्म बनाएको र एपमा रिलिज गरेको आरोपमा अपराध शाखाले पक्राउ गरेको थियो ।

गिरफ्तारी पछि नै उनी न्यायिक हिरासतमा छन् र लगातार आफ्नो जमानतका लागि कोसिस गरिरहेका छन् । यो मामिलामा राजकी श्रीमती शिल्पा शेट्टीको नीजि र व्यावसायिक जीवन दुबैमा गहिरो असर देखिएको छ ।

शिल्पा राज कुन्द्राको पैसालाई छुनै चाहन्नन्ः

रिपोर्टलाई विश्वास गर्ने हो भने शिल्पाका एक साथीले राज कुन्द्राको समस्या कम नहुने बताएका छन् । साथै उनले राजको यो रहस्य सार्वजनिक भएपछि शिल्पालाई धक्का पुगेको खुलासा गरे ।

शिल्पाका साथीले भने, ‘शिल्पालाई यी हिरा र डुप्लेक्स बेइमानीको बाटो हुँदै आएको थियो भन्ने थाहा थिएन । शिल्पा राज कुन्द्राको पैसा छुन पनि चाहन्न् । शिल्पा काम गरिरहेकी छिन् र उनी आफ्नो बच्चाको हेरविचार गर्नका लागि सक्षम छिन् ।’

उनका साथीले थपेका छन्, ‘शिल्पा हंगामा टु र निकम्मापछि फिल्ममा काम गर्नका लागि तयार भएको पनि सबैलाई बताएकी छिन् । अनुराग बसु र प्रियदर्शनले पहिले नै उनलाई आफ्नो फिल्मका लागि अफर गरिसकेका छन् ।’

तपाईको प्रतिक्रिया