शुक्रबारबाट रत्नको सिरियल ‘चल्दैछ’

काठमाडौंँ । पछिल्लो समय कमेडी जनराको सिरियलको बाढी आएको छ । यहि भीडमा ‘चल्दैछ’ पनि थपिएको छ ।

‘चल्दैछ’ नृत्य निर्देशक रत्न जोशीको निर्देशनमा तयार भएको हो । माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय छ ।

हरेक शुक्रबार साँझ ७ ः३०मा बिएमएचडी टेलिभिजनबाट प्रसारण हुने सिरियलमा लेखन मनीष गौतम र रिवाज दाहालले गरेका हुन् ।

नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको सिरियलमा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पादन र विशाल प्रजापतिको छायांकन छ ।
सिरियल नवराज गिरी र सरस्वती गिरीले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया