तेस्रो सगरमाथा म्युजिक अवार्डको घोषणा

काठमाडौं । ‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको घोषणा भएको छ । आयोजक अर्थ नेपाल प्रालिले एक विज्ञप्ती मार्फत अवार्ड घोषणा गर्दै आवेदन खुल्ला भएको जनाएको छ ।

कोभिडको कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउने उदेश्य ‘सगरमाथा म्युजिक अवार्ड २०७८’को रहेको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ ।

२०७६ वैशाखदेखि २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले यो बर्ष अवार्डमा सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागिता जनाउन सक्नेछन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिनेछ ।

तपाईको प्रतिक्रिया