आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो। घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे। यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ। आर्सनलले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ।


शनिबार नै भएका अन्य खेलमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेले। यस्तै एर्भटनले ब्राइटनलाई २-० ले पराजित गरेको छ।

यसै गरी नर्विच सिटीलाई लिसेस्टरले २-१ ले हराउँदा वेष्ट ह्याम र क्रिष्टल प्यालेसले २-२ को बराबरी खेले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार