प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ : केकी अधिकारी

काठमाडौं  । मोडल, अभिनेत्री, निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी अधिकारीको । टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् ।

पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् । नृत्यमा समेत पोख्न उनी अविवाहित छिन् । अहिले तत्कालै उनको विवाह गर्ने कुनै योजना पनि रहेको छैन ।

तर, हरहमेसा उनले मिडिया होस् वा दर्शकको एउटै प्रश्नको सामना गर्नुपर्दछ । विवाह कहिले गर्ने ? । सायद, त्यसैले होला उनले अचेल आफुलाई विवाहदेखि डर लाग्न थालेको बताउन थालेकी छन् । केही दिन अगाडि पनि उनले फ्यानसँगको प्रश्नमा विवाहदेखि डर लाग्न थालेको बताएकी हुन् ।

फ्यानसँगको प्रश्न र जवाफ उनले आफ्नो युट्युव च्यानलमा समेत राखेकी छन् । जसमा उनले केही फ्यानका प्रश्नको जवाफ समेत दिएकी छन् । जसमा एक फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन ?’ भनेर समेत प्रश्न गरेका छन् ।

जसको जवाफ उनले हाँस्दै भनेकी छन् ‘ ‘बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । बिहे गरम गरम लागेर गरेका होइनन् होला । बिहे नगरम नगरम पनि मलाई भएको छैन ।’ सोही प्रश्नको जवाफमा उनले आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट समेत लामै भएको बताएकी छन् ।

फ्रयाङ्क, मिलनसार स्वभावको रुपमा चिनिएकी केकीले फिल्म क्षेत्रमा धेरै फिलम दिएकी छन् । तर हिट भने कमै रहेका छन् । पछिल्लो समय ‘छ माया छपक्कै’ हिट फिल्म दिएकी उनले निषेधाज्ञा अगाडि ‘बोक्सीको घर’ नामक फिल्म निर्माण अभिनय सुरु गरेकी थिइन् । जुन फिल्म निर्माणको चरणमा रहेको छ । उनको अभिनय फिल्म ‘घिन्ताङ’, ‘कहानी तिम्रो मेरो’ पनि रहनेछ ।

तपाईको प्रतिक्रिया