गाउँमै समृद्धि देखेका मोहन

जसले भोलीका लागि आज संघर्ष गर्छ, वास्तवमा त्यही मानिस नै सफल बन्छ । मानिस अनुसारका लक्ष्य फरक हुन्छन् । तर संघर्ष भने एउटै हुन्छ । हरेक व्यक्ति सफल बन्नलाई काममा निरन्तरता र लगाव चाहिन्छ । जीवनमा संघर्ष गरेर आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ । मेहनत गरेर जीवनका कठिनाइहरु छिचोल्दै सन्तुष्टिको बाटोमा हिँड्नुपर्ने हुन्छ । हरेक व्यक्ति धेरै महत्वकांक्षी पनि हुनु हुँदैन । तर आफ्नो काममा गर्भ गर्नुपर्दछ । यसले मानिसलाई सफल र लक्ष्य प्राप्त गर्न सहज हुन्छ । प्रस्तुत छ,लामो संघर्षबाट सफल बनेका दैलेखको भैरवी गाउँपालिकाका मोहनप्रसाद पौडेलसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानीको सम्पादित अंश :

मोहनप्रसाद पौडेल
प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार संयोजक
गुराँस गाउँपालिकाका, दैलेख ।

बाल्यकाल

बुवा चक्रापाणि र आमा हरिकला पौडेलबाट विस २०४० साल असोज १८ गते दैलेखको भैरवी गाउँपालिका–७ मान्ममा मोहन पौडेलेको जन्म भएको हो । उनि घरको कान्छो छोरा हुन् ।

पाँचभाई र तीनदिदीहरु छन् । उनको बाल्यकाल गाउँमै वित्यो । उनका बुवा कृषि पेशा गर्दथे । चन्चले स्वभावका उनि सानैदेखि सिर्जनशिल थिए । सानैमा उनी उनले हलो जुवा बनाउनेदेखि डोका नाम्ला बुन्नेसम्मका काममा खुब रुचि राख्थे ।

पढ्नुपर्छ भनेर भागी–भागी गोढालो गएँ

२०४६ सालतिर गाउँमा विद्यालय खुलेका थिएनन् । विद्यालय नभएपछि उनले चौतारीको पाठशालामा पढाई आरम्भ गरे । छोरालाई पढाउनुपर्छ भन्ने घरमा कुरा चलेको थियो । गाउँकै एकजना साथीले शिक्षकले कुट्नुहुन्छ भनेपछि उनि पढ्न पढाउछन की भनेर भागी–भागी गोढाला जान्थे ।

एकदिन बुवाले पढ्न पठाउन तयारी गराउँदै थिए । उनि फेरि भागेपछि बुवाले फकाएर पढ्न पठाए । समयक्रमसँगै उनको मनबाट डरहरु हटाए । घरपरिवारले पढाईको महत्व बुझाए । त्यसपछि पढ्न तयार भए । तर विद्यालयको भवन अभावका कारण बर्षदिनसम्म चौतारीमै बसेर पढाई गरे ।

अर्को बर्ष भने गाउँमा विद्यालय बन्यो । पाँच कक्षासम्म नेपाल राष्टिय प्रथामिक विद्यालयमो पढे । ६ कक्षादेखि ९ कक्षा आदर्श माध्यमिक विद्यालय घुम्नेखालीमा पढेका उनले २०५६ सालमा चामुण्डा माध्यमिक विद्यालय दैलेखबाट एसएलसी पास गरे ।

सुर्खेतको जन माध्यमिक विद्यालय गरेका प्लसटुको पढाई पुरा गरे । सुर्खेत क्याम्पस (शिक्षा)बाट स्नातक र त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका काठमाडौँबाट स्नातोत्तरको पढाई पुरा गरेका छन् । पढाईमा उनी मध्यमस्तरका विद्यार्थी हुन् ।

समाज सेवामा रुचि

मोहनले एसएलसी पास गरिसकेपछि सामाजिक काममा रुचि राखे । उनले विभिन्न संघसंस्थामा रहेर लामो समय काम गरे । पढ्दैगर्दा रातो बंगालामा चारबर्षभन्दा धेरै काम गरे ।


त्यसपछि जिल्ला बालकल्यान समितिमा चारबर्ष काम गरेका गरे । झण्डै साढे एक बर्ष सेभ द चिल्डेनमा काम गरे । हाल उनि दैलेख गुराँस गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार संयोजकको रुपमा सक्रिय छन् ।

अनि उद्योग छोडे….

पौडेल उच्च शिक्षा पढ्न काठमाडौँमा २०६२ सालमा गए । सानैदेखि अध्यनशिल र सिर्जनशिल उनि काठमाडौं बस्दा मोजा बनाउने उद्योग संचालन गरे । उनले धेरै मेहेनत गरेपनि त्यसबाट खासै मुनाफा भने लिन सकेन्न् ।

त्यसपछि त्यो उद्योग छोडेर आफ्नो स्नातकोत्तरको पढाईलाई निरन्तरता दिए । पढाई पुरा भएपछि गाउँको विकास निर्माणमा लाग्ने सोच बनाए । ग्रामीण विषय पढेका कारण गाउँको विकासलाई जोड दिनुपर्छ भन्ने सोच्थे । काठमाडौंबाट गाउँमा फर्किएका उनले विभिन्न गैरसरकारी संस्थामा केही समय काम गरे ।हरेक मानिस उत्पादनमुखि

हुनुपर्छ भन्ने सोच बनाएर आफ्नै गाउँमा विभिन्न महत्वकाँक्षी योजना लिएर गए । सुरुवातमा अलैची खेती गर्न शुरु गरे । गाउँका धेरै युवाहरु यो खेतीमा आकर्षित गरे । त्योसँगै गाउँमा सामूहिक खेती गर्ने, सामूहिक दुध उत्पादनको लागि गाई पालन गर्ने लगायतका योजना स्वतस्फुर्त रुपमा शुरुवात गरे ।

त्यहाँबाट उत्पादन भएको वस्तुको बजारिकरण पनि आफैले गरिदिने भन्दै गाउँमा मानिसहरुलाई त्यस कार्यमा लगाए । अहिले छुर्पी उद्योग पनि छ । छुर्पी उद्योगसँगै च्याउ खेतीमा धेरैलाई आकर्षित गरेर उनले गाउँलाई उत्पादनमा जोडेका छन् । हालः कृषि पशुपालनका क्षेत्रमा उनकै पहलमा गाउँका धेरै व्यक्तीहरु व्यावसायिक भइसकेका छन् ।

मोहनको संघर्ष

सामान्य परिवारमा जन्मिएका उनी मेलापात गर्दै पढाई पुरा गरे । पढाईकै शिलशिलामा काठमाडौं जाँदा पनिे धेरै दुःख गर्नुप¥यो । चन्चले स्वभावका भएपनि हलो जुवा बनाउने लगायतका काममा भने सीपालु थिए ।

बिवाहपछि थप संघर्षका दिनहरु सुरु भए । अहिले उनि गुराँस गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार संयोजक छन् । जीवनमा संघर्ष नगरेको भए आफु अहिले यो अवस्थामा आउन नसक्ने उनि बताउछन् ।

आगामी योजना

गाउँको पूर्वाधारको विकासमा जोड दिनुको साथै ठाउँ अनुसारको व्यावसायिक उत्पादनमा युवाहरुलाई आकर्षितगरी गरिवी अन्त्य गर्ने उनको योजना छ । अहिले पनि त्यही काममा लागिरहेका छन् । गरिवी र बेरोजगारी समस्या हटाउन पहल गर्ने योजना बनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार