घुँयत्राे : धान दिवस मनाउन जाँदा कृषि मन्त्रीले रमितै गरेछन् र देशाँ खैलाबैलै मच्चियो ।

हैन ! यो देशका कृषि मन्त्रीहरुले आफ्नो ललाटाँ बदनामै लेखाएर आरैछन् कि क्या । संघीयता आउनुभन्दा १/२ बर्ष अघितिरको कुरो होकी क्या ? काँ धान दिवस मनाउन जाँदा कृषि मन्त्रीले रमितै गरेछन् र देशाँ खैलाबैलै मच्चियो ।

यो पटक नी कृषि मन्त्री ले केके गरे भनेर गाईजात्राको दिनै पारेर सामाजिक सन्जाल भरी समचारले बग्रेल्ति धुनधडाका मच्चा छ त । गाईजात्राको मजाक गर्या हुन् कि साँच्चै हो कुन्नि ? आजभन्दा दुईबर्ष अघि नै कुकर्म गरेर कुर्मराजले भनेर अहिले समाचाराँ खलवल मच्चाउने गरी समचार आएसी कर्नाली प्रदेश अब भष्टाचाराँ मात्रै हैन ब्यविचाराँनी अगाडि नै हुने भो भनेर हल्ला गर्दैछन् ।

कुरो सत्यतथ्य के हो कुन्नि सामान्य जनता लागि साह्रै गाह्रो के ? समचार आको मात्रै हो र हाम्रा मन्त्रीले गर्दै नगर्या कुरो पत्रकारले आरोप लाए भनेर मन्त्रीका मान्छेले जुलुस निकाल्नु पर्याे भन्या सुचनासमेत पत्रिकाँ छाप्या देखेछि लायो कालिकोटेहरु त कडापो हुँदारैछन् त ।

आफ्नालाई परेछि जस्तै दुष्मनी पनि भुलेर सबै सडकाँ आइजाँदारै छन् जस्तो पो लायो त त्यो सुचना हेर्दा । हुन त बिचरा कुर्म आँफु मन्त्री नहुँदै यसो मनोरञ्जन गर्या जस्तो कुरो सम्चाराँ देख्खियो ।

तर अहिले उनी मन्त्रीको पदाँ पुगेछि पुरानो कुरा कोट्याउने मौका यही हो भनेर कोट्या जस्तो नि छ भने शाही मन्त्रीयाँ पुग्या बेला अलिअलि झार्न सकिन्छकी भनेर उनीहरुको पुरानो कुरो कोट्याउन खोज्या जस्तो नि सम्चाराँ देखिन्छ ।

उता कर्नालीको प्रतिपक्ष दलका नेतानी यही हो मौका अब यिन्लाई जाक्नपर्छ त्यो उचित अवसर यही हो भनेर राजिनामाको माग गर्यानी देख्खियो । हुन त प्रतिपक्षले राजीनामा माग्नु स्वभाविक पनि हो । अँझ त्यसाँ नि कर्नालीको केशाँ त झन् एमालेबाटै फाल हालेर गएर आँफुलाई मुख्यमन्त्री बन्न नदेको रिस त विचरा कँडेल माननीयज्युले काँ विर्सनु होला त नी ।

त्यही भएर राजीनामा माग्या स्ट्याटस बजाइ हाल्नु भो । एमाले हुँदै गर्या हर्कताँ मैले मन्त्री किन जोगाउने मेरा माओवादी कार्यकर्तै हैनन् त । म कृषि मन्त्री को सति किन जानु भनेर मुख्यमन्त्रीले टेरपुच्छरै लाएनन् भने त विचरा कुर्मराज शाही कालीकोटको हरिविजोग हुने भो त हँ ।

कर्नालीका एमालेहरुलाई यो सरकारविरुद्ध “के निहुँ पाम कनिका बुकाम“ भन्ने भइराथ्यो त्यैबेलाँ यस्तो घटना बाहिर आएछि एमालेले राजिनामा नी किन नमागोस् के ! राजिनामा दिने कि सेटिङ्ग मिलाएर केश रफादफा गर्ने ? मन्त्रीका शुभचिन्तकहरलाई के सिकाम हैन त ।

-वेदर्षि

तपाईको प्रतिक्रिया