लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभा सचिवालयले जारी गरेको सोमबारको कार्यसूचीमा सोमबार मुख्यमन्त्रीले विश्वासको मतको मत लिने उल्लेख छ ।

माओवादीका केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ ।

सोमबार पनि बसेको पहिलो बैठकमा एमाले सांसदहरुले नारावाजी गरेका थिए । एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो ।

तर सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया