बिना कपडा सुत्नुका फाइदाहरु

एजेन्सी । हावा, पानी र खानासँगै निन्द्रा पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । वैज्ञानिकहरुले पर्याप्त निन्द्राले शरीरलाई फाइदा पुर्‍याउने बताएका छन् ।

शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ । र, आरामदायी निन्द्राका लागि आरामदायी तरिकाले निदाउन बिना कपडा सुत्नुपर्ने वैज्ञानिकहरु बताउँछन् ।

स्लीप क्वालिटी

तापक्रमले निन्द्रामा परिवर्तन ल्याउन सक्छ । विशेषज्ञका अनुसार जो व्यक्तिहरुको छालामा उच्च तापक्रम हुन्छ उनीहरु छिट्टै बिउझिने गर्छन् ।

अति उच्च तापक्रमले शरीरलाई गहिरो निन्द्राबाट बिउझाउने काम गर्छ । बिना कपडा सुत्दा छालामा तापक्रम बढ्ने सम्भावना कम हुन्छ ।

ब्राउन फ्याट

विशेषज्ञका अनुसार कम तापक्रममा सुत्नाले शरीरमा भारी मात्रामा ब्राउन फ्याट उत्पादन हुन्छ ।

यसले रगतमा चिनीको मात्रा कम गर्ने मेटाबोलिज्मलाई बढाउँछ । शरीरमा ब्राउन फ्याटको मात्रा बढी हुँदा मोटोपन र मधुमेह जस्ता रोगहरु लाग्ने सम्भावना पनि कम हुन्छ ।

तौल कम

पर्याप्त र गहिरो निन्द्राले शरीरको तौललाई नियन्त्रणमा राख्छ । तर, कम निन्द्राले भने मोटोपन तीव्र गतिमा बढाउँछ । तनावमा हुँदा शरीर र एड्रेनल ग्ल्याड्स एड्रेनालाइन र कोर्टिसोल प्रवाह हुन्छ ।

जसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यो हाम्रो शरीरका लागि बेफाइदाजनक मानिन्छ । त्यसैले आरामदायी निन्द्राले हाम्रो दिमागमा तनाव कम गर्नुका साथै तौल बढ्ने सम्भावना रहन्छ ।

पर्याप्त आराम

विशेषज्ञका अनुसार बिना कपडा सुत्ने बानीले शरीरलाई आराम प्राप्त हुन्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

यसले मुटुको समस्या पनि हुँन दिँदैन । मधुमेह र अन्य गम्भीर रोगहरु लाग्नबाट शरीरलाई बचाउँछ । रोग प्रतिरोधी क्षमताको विकास गर्छ । डिप्रेशन र एन्जाइटी हुनबाट पनि बचाउँछ ।

टोक्सिन

गहिरो निन्द्रामा भएको समयमा हाम्रो मस्तिष्कले टोक्सिन प्रोटिनलाई आफै सफा गर्छ । कुनै कुनै प्रोटिनहरु अल्जाइमर र डेमेन्शिया जस्ता रोगहरु लाग्ने कारण पनि हुन सक्छन् ।

बिना कपडा सुत्ने गर्दा बिस्तारामा धेरै सहज महसुस हुने हुँदा मस्तिष्कका लागि फाइदाजनक हुन्छ ।

फर्टिलिटी

विशेषज्ञका अनुसार बिना कपडा सुत्ने बानीले बाँझोपनको खतरा कम हुन्छ । विशेषगरी, कसिएका कपडाहरुले पुरुषहरुको शुक्रकिटको संख्या कम गर्ने र ध्यान भंग हुने हुन्छ ।

यसका साथै, खुल्ला तरिकाले सुत्ने गर्दा शरीरका अंगहरुले सजिल्यै सास फेर्न सक्छन् । शरीरका सबै अंगहरुमा पर्याप्त अक्सिजन पुग्ने हुँदा रोगहरु लाग्नबाट बच्न सकिन्छ र छिट्टै बुढ्यौली लाग्ने समस्याबाट पनि बच्न सकिन्छ ।

आत्मविश्वास

बिना कपडा सुत्दा शरीरलाई लिएर धेरै सकारात्मक महसुस गरिने चिकित्सकहरु बताउँछन् । अध्ययनका अनुसार लामो समय कपडा नलगाइ बस्नाले मानसिक रुपमा अवरोधहरुबाट छुटकारा प्राप्त हुन्छ । साथै, बिना कपडा सुत्नाले शरीरमा अक्सिटोसिन नामक ‘लभ हर्मोन’ प्रवाह हुन्छ । र, यसले आफ्ना पार्टनरसँगको सम्बन्ध पनि मजबुत बनाउँछ ।

तपाईको प्रतिक्रिया