जुरेली भाग ४

पृथ्वीबहादुर शाही


एका विहानै झिसमिसेका
आज पनि आइ जुरेली
चिचि गर्दै मेरो फुलवारीको
बकाइनोको डालीमा बसी जुरेली ।

मतिर हेरेर चिरबिर गरी
म भने आज पनि जुरेलीले
नया“ के खवर ल्याएर आई
कोठावाट आ“गनमा आए
चिरवीर गर्दै मध्यपश्यिम
विश्वविद्यालय तिर
उडेर फर्केर आई डालीमा बसी
चिरविर गरी ना“च्न थाली


म भने पक्कै यसले आज
शिक्षक विद्यार्थीको आन्दोलनको
नया“ खवर ल्याएर आई होलि
मेरो देशमा विना पर्तिस्पर्धा
गुणस्तरीय शिक्षक र प्रध्यापक
आस्थाको सेटी¨मा बन्ने गर्छन ।
शिक्षीत सवल जनशक्ती
उत्पादन हुनु गराउनु भन्दा
आन्दोलन हल्ला गरी
शिक्षक ,कर्मचारी , प्रध्यापक
दवावमा जागिर खुवाइन्छ ।
परीक्षा सेटी¨ मिलाएर
अर्कोले दिए पास होइन्छ ।
बन्ने बनाउ“दै आएका
आर्जन गर्ने थला हुन्
प्रजातान्त्रीक उपहार हो
अभिवादन भनि कराउदी होली
मेरी प्यारी जुरेली ।


मेरो देशको शिक्षा आर्जनले
शिक्षा क्षेत्र प्रतिस्पर्धा गर्दैन
त्यही भएर सवल जनशक्ती हुदैन ।
राजनितिक आस्थाको
झोले दलाल बनेर
सोझा जनको मतले
बिजयी भएर राज्यको धुरी मा पुगी
मन्त्री खान अनेक गर्छन ।
भ्रष्ट्राचार कमिशन खान
राज्यको ढुकुटी लुटपाट गर्दछन ।


पर्तिष्पर्धा गर्न नसक्ने
आस्था र निगाहले जागिर
स्वदेशका पाउन नसक्नेहरु
राजनितिमा लुटपाट गर्न नसक्नेहरु
भाडामा श्रमपोख्न विदेशिन्छन।
समाजवादको हल्लै हल्ला ले
हजारौ हजार सहिदहरुले
अमुल्य जीवनको आहु“ती दिए ।
अझै शिक्षामा भ्रष्ट्राचार निगाहा
सामन्तवाद जा“दै गएन ।
शिक्षीत बेरोजगारहरुले
आन्दोलन गरीरहेछन् ।
त्यही आ“गनमा उभिएर
हाए, शिक्षा आर्जन गर्ने शिक्षालय
यो कस्तो प्रजातन्त्र हो सोच्दै थिए ।
च्या“ च्या“ चि“ चि“ गर्दै जुरेली
निलो आकाश तिर भर्रर्र उडेर गई ।

क्रमश ……………….

प्रजातन्त्रमा भिख माग्नु हु“दैन श्रम गरेर खानुपर्दछ

 

तपाईको प्रतिक्रिया