कविता : भिखारी

 

आजकाल भिखारीहरुले,
नया“रुप धारण गरेका छन् ।
राज्यको लाइसेन्स लिएर विभिन्न संघसंस्था
जनसहयोगको नाममा खोलेर बसेका छन् ।

अनेकौ सञ्जाल प्रयोग गरेर
देश विदेशवाट मेरो देशका सिधासादा
मनकारीहरुवाट भिख संकलन गरेका छन् ।
अनेकौ अकरमा परेकालाई,
सहयोगको बाढी चलाएका छन् ।
करौडौ आपूm पनि कमाएका छन् ।
सहयोगको माग, वितरणको तरीकालाई
सुझाव र आलोचना गर्दा, ज्वाला संग्रौलालाई,
प्रहरी लिएर पक्रन घरमा पुग्दछन् ।

पशुपतिको प्रहरीको हिरासतमा
कार्यालय प्रमुखको उपस्थितिमा
मानव सहयोगी यी ठग भिखारीहरु
निर्घात कुट्छन् नाैं बनाउछन् ।

कार्यालय प्रमुखले जबरजस्ती मीलापत्रमा
सही गराई प्रहरीकै मोवाइल गाडीमा घर पु¥याउ“छन्
चौविस घण्टा जनताको जिउ“धनको सुरक्षा गर्ने
मेरो देशको सुरक्षा निकाय


जनताले निर्वाचित गरेका
गृह मन्त्रालय तिनै संघसंस्थामा
कमिसनको पोको पर्खिएर बसिरहन्छन् ।
उनीहरुको क्रियाकलाप टिपण्णी उठाएर
सुझाव दिने सचेत गराउने
बहादुर खुश्वुहरुको हुर्मत लिने
सेटी¨मा रातदिन दुगुरी रहन्छन् ।

यी राष्ट्रवादी र जनघाति लाज नमानी
देश समृद्धिको नारा लगाएर
पटक पटक जनशासनमा रुढ भइरहेका छन् ।
प्रजातन्त्र। गणतन्त्रका यी टपरीहरु
मेरो उल्टो सलाम ।

पृथ्वीबहादुर सिंह


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार