‘सदस्यता वितरणमा अन्याय भयो’

सुर्खेत । तत्कालीन अखण्ड नेपाल पार्टीका नेपाली कांग्रेसमा समायोजन भएका नेताहरुले क्रियाशिल सदस्यता विरतणमा अन्याय भएको बताएका छन् ।

अखण्ड नेपाल पार्टीका तत्कालिन महासमिति सदस्य तथा केन्द्रीय सदस्य प्रेमप्रकाश खड्काले नेपालीको क्रियाशिल सदस्य वितरणमा अखण्ड नेपालबाट आएकाहरुलाई अन्याय भएको बताएका हुन् । सदस्यता वितरण गर्दा वडा, जिल्ला र केन्द्रीय सदस्यलाईसमेत पूर्वाग्रहका आधारमा भेदभाव गर्न गरिएको खड्काले बताए ।

१४ औं महाधिवेशनको लागि वडा तहको अधिवेशनको नजिकिदा समेत क्रियाशील सदस्यताको टुङ्गो नलगाउनुले पार्टीले आफूहरुलाई विभेद गर्न खोजेको उनको आरोप छ । ‘नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको भाइ भएकै कारण मलाई उहाँको निर्देशन अनुसार सदस्यता माग गरेको आरोप लागेको छ’, उनले भने, ‘नेतृत्वले अखण्ड नेपालमा क्रियाशील नेताहरुलाई अन्याय गर्न थालेको छ ।’

क्रियाशिल सदस्यता नपाएपछि खड्काले केन्द्रिय समितिमा उजुरी समेत गरेका छन् । २०७४ कार्तिक ११ गते पोखरामा कार्यक्रम नै गरेर अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा समाहित भएको थियो । समायोजन हुँदा तत्कालीन केन्द्रिय अध्यक्ष कुमार खड्कालाई २३ जिल्लाका एकहजार ५६ जना नेता तथा कार्यकर्तालाई क्रियाशिल सदस्यता माग गरेका थिए ।

तपाईको प्रतिक्रिया