उद्यमी बन्दै दुर्गम गाँउका महिला

दैलेख । दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकाका महिलाहरु लघु उद्यम तर्फ आर्कषित बन्दै गैरहेका छन् । यही आर्थिक वर्ष २०७७÷०७८ को मंसिर महिना देखि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम स्थानीय तहवाटै कार्यन्वयन भएदेखि यहाँका महिलाहरुले आफ्नो क्षामता अनुसारका सिप विकास तालिम हरु सिकि सो तलिम लाई ब्यवहारमा समेत लागु गर्न थालेका छन् ।

संघिय सरकार वाट आएको अनुदान सहयोग वाट यस आ.व.मा ९० जना र यस गाउँपालिकाको आ.व. २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ४८ जना गरी जम्मा १३८ जना लाई मागमा आधारित विभिन्न सीप विकास तालिम प्रर्दान गरी नयाँ लघु उद्यमी सिर्जना भएका छन् भने ५० जना पूराना उद्यमीको स्तरोन्नतीको कार्य लघु उद्यम विकास कार्यक्रमको उद्यम विकास नमुनामा आधारित रहि विभिन्न उद्यमशिलताका क्रियाकलापहरु संचालन तथा सम्पन्न गरिएका छन् ।

संघिय सरकार र गाउँपालिकाको आ.व. २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम वाट मेडेप मोडलमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कार्यन्वयनमा भएपछि कार्यक्रम लागु भएका गाउँपालिकाका सवै वडाका लक्षित परिवारका महिलाहरु यस कार्यक्रम बाट आफ्नो रुचि चाहना अनुसारका सिप विकास तालिम लिई व्यवसायी बनेका हुन ।

विभिन्न किसमका गरि १३ वटा तलिमहरु स्थानिय स्तरमा नै दक्ष प्रशिक्षकले गुणस्तरिय तालिम दिएकै कारण आफ्नो सिकेको सिप लाई ब्यवहारमा लगाई समुह वा ब्यतिmगत रुपमा ब्यवसाय गरि आम्दानी लिन सफल हुदै गइरहेका हुन ।

वडा नं. २ निवाषी विजारेचौर ढाँका कपडा उत्पादन समुहका अध्यक्ष विपना कुमारी सिंजापती ले भनिन पहिले हामिहरुलाई ढाँका कपडा हाम्रो गाँउमा बन्छ भन्ने थाहा थिएन तर जब गाउँपालिकाले हामिहरुलाई गाँउमै कपडा उत्पादन गर्ने तालिम प्रदान ग्यो । त्यपछि हामीहरुले सामुहीक रुपमा कपडा उत्पादन गर्ने काम गरिरएका छौ ।

अहिले सम्म यस्ता तालिम कुनै संघ संस्थाले आयोजना नगरेकाले हामीहरुलाई यस्तो कपडा पनि हातवाटै निमार्ण गर्न सकिन्छ भन्ने ज्ञान हुन सकेको थिएन । समुह वाट उत्पादन भएको कपडाको बिक्रिको लागि कुनै पनि समस्या नभएको उनले जानकारी गराईन । अब हमिले निरन्तर यस ब्यवसायलाई निरन्तरता दिइरहन्छौ ।

यसै गरि गाउँपालिकाका अरु वडाहरुमा आरन सुधार सिप विकास तलिम,मौरी पालन सिप विकास तलिम,वाँसका सामग्री निमार्ण,ब्यवसायिक वेमौसमी तरकारी खेती,गिठी काठका ठेकी पारा,फर्निचर, दालमोठ आदि तालिम र ब्यवसाय सुहाउदो उपयुतm प्रविधि पाएपछि सहभागिहरुले आ–आफुले सिकेको सिपलाई साच्चै नै ब्यवसायमा परिणत गर्न थालेको कुरा कार्यक्रम संयोजक कृपाराम थापा को भनाई रहेको छ ।

समुदायमा रहेका बिपन्न,दलित, जनजाती, अशिक्षित र गरिबीको रेखामुनी रहेका बर्गलाई लक्षित गरि स्थानिय स्तरमै रोजगारीका अवसर हरु सृजना गर्ने र स्थानिय स्तरमा खेर गैरहेका श्रोत,साधनहरुको सहि सदुपयोग गरि बढ्दो बेरोजगारि समस्या लाई न्युनिकरण गर्ने उद्देश्यले संन्चालित कार्यक्रमले अझै पनि समुदायको माग अनुसार पुनताजकी तलिमहरु दिदै जाने उद्यम विकास शाखा प्रमुख मोहन सिंह (वढा) ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया