बाघका लागि सुरक्षित बासस्थान आवश्यक : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याहरूको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए।

‘बाघका लागि जंगल आवश्यक छ। जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । उनले भने, ‘बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए ।

उनले आफु प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुनेगरेको बताए ।

उनले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनको भनाई थियो।

तपाईको प्रतिक्रिया