एमयुमा राजनितिकरण र भ्रष्टाचार हुन दिन्नः उपकुपति सिंह

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्द वहादुर सिंहले आफु रहुन्जेलसम्म यो संस्थामा भ्रष्टचार हुन नदिने बताएका छन् ।

एमयुमा भएको आन्दोलन तथा त्यसको समाधानको बारेमा जानकारी दिदै डा सिंहले यस्तो बताएका हुन् । डा सिंहले आफु उपकुलपतिको जिम्मेवारी हुनुभन्दा पहिला एमयु कहिले नउठ्ने गरेर वेरोजिमा डुवेको बताउदै अहिले सो कुरा न्यनिकरण गर्दै ल्याएको बताए ।

अव यहि रफ्तारमा कामहरु भए अवको ४ बर्षमा संस्थालाई मुनाफामा लिने दावि समेत गरेका छन् । राजनैतिक पार्टिका आडमा आन्दोलन,तोडफोड गरिनु निन्दनिय छ । तोडफोड गर्नेबिरुद्ध कार्वाही प्रक्रिया थालिने बताए ।वार्ता प्रक्रिया चलिरहेको वेला हिजो साँझ ५ः४२ मा केहि व्यक्तिहरुले आफ्नो निजि निवासमा तोडफोड भएको समेत बताए ।

गाडि तथा झ्यालको सिसामा क्षति समेत भएको भन्दै अव मुद्धा प्रक्रियामा जाने जानकारी समेत दिए । आन्दोलित रहेका प्राध्यापकहरुप्रति लक्षित गर्दै उपकुलपति सिंहले भने तलव मध्यपश्चिम विश्वविद्यालयको खाने तर काम भने निजि कलेजमा गर्नेका माग कदावि पुरा नहुने तथा उनिहरुलाई कार्वाही गरिने बताए । वार्ता टोलीका संयोजक लिलाधर तिवारीले भने एक दुई चरणमा वार्ता सम्पन्न भएको छ ।

सकारात्मक ढंगवाट अघि बढिरहेको बताए । उपकुलपति डा सिंहका अनुसार अवको चार बर्षमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफु अघि बढेको र यस्तो भएको हेर्न नचाहानेहरु उकुसमुकुस भएको समेत बताए । कार्यक्रममा वार्ताटोलीका सदस्य, प्राध्यापक तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया