‘आमाबुवाको चाहना पुरा गर्न सरकारी जागिर खाएँ’

भनिन्छ, ‘जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।’ तर भन्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यतिकै कठिन छ । हरेक नागरिकले अवसर र अपेक्षा पुरा गर्न जन्मभूमि छोड्नै पर्ने हुन्छ । कोही अभावहरु टार्न त कोही जीवनका लक्ष्य प्राप्ति गर्न जन्मिभूमिबाट टाढा पुग्छन् । लक्ष्य र अवसरहरु प्राप्त गरेपछि भने अधिकांश नागरिक जन्मभूमि फर्कदैनन् । तर जाजरकोटका झलक केसीले भने जन्मभूमिलाई कर्मथलो बनाएका छन् । उच्च शिक्षा र रोजगारीका लागि शहर पसेका केसी निजामति क्षेत्रमा प्रवेश गरेपछि जन्मभूमिलाई कर्मथलो बनाएका हुन् । प्रस्तुत छ, हाल जाजरकोटको छेडागाड नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको जीवन भोगाई र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश  :

झलक केसी
निमित्त प्रमुख प्रशासकीय अधिकृत, छेडागाड नगरपालिका, जाजरकोट

सुखद् बाल्यकाल

जाजरकोट विकट छ । भर्खर विकास निर्माण बामेसर्दै छ । गाउँघरमा अहिले पनि सबै प्रकारका सेवा सुविधा पुगेको छैन । शिक्षा, स्वास्थ्य र पूर्वाधारको अवस्था कमजोर छ । यही कारण शहरको तुलनामा जाजरकोटमा दुःख र अभाव छ । अधिकांश नागरिक कृषिमा निर्भर छन् । घाँसदाउर, मेलापात, गाइगोठालो किसानको दैनिकी हो ।

कमै नागरिक मात्र आर्थिक रुपमा सम्पन्न छन् । त्यही दुर्गम गाउँमा जन्मिए झलक केसी पनि । बाल्यकाल मेलापात र गोठालो गर्दै विताए । निम्न बर्गिय परिवार भए पनि दुःख र अभाव भोग्नु परेन । कारण उनी घरको एक्लो छोरा थिए । उनको बाल्यकाल मायाममतामै वित्यो । आमा शितला र बुवा विरबहादुरबाट २०५० साल फागुन २ गते छेडागाड नगरपालिका वडा १२ श्रीसेनीमा उनको जन्म भएको हो ।

पढाइमा अब्बल

भनिन्छ, गाउँघरका सामुदायिक विद्यालयहरुमा राम्रो पढाइ हुँदैन । गाउँमा पढेकाहरु कमजोर हुन्छन् । शहरसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । धेरै हदसम्म यर्थात पनि यही हो । तर झलकले गाउँमा पढेका सबै विद्यार्थी कमजोर हुँदैनन् प्रमाणित गरिदिए ।

न उनी अध्ययनमा कमजोर भए, न त कुनै परीक्षा दुई पटक दिनु नै प¥यो । जुन क्षेत्रमा हातहाले त्यहाँ सफल भएर छोडे । गाउँकै सूर्यज्योति प्राथमिक विद्यालयबाट कखरा चिनेका उनी माध्यमिक तहसम्म कहिल्यै पनि दोस्रो भएनन् । सूर्यज्योतिमा कक्षा ३ सम्म पढे ।

सुरुगाडको जनकल्यान माध्यमिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गरे । नारायणी माध्यमिक विद्यालय कार्कीगाउँबाट ९ र १० पढाइ पुरा गरे । २०६५ सालमा एसलसी उत्तिर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरे । गाउँबाट शहर झरेपछि शहरियासँग प्रतिस्पर्धा गरे । वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयबाट प्लसटु गरे ।

प्लसटु गर्दै दुईजना सहपार्टीबाहेक अन्यका सामु अब्बल भए । प्लसटुमा उनी तेस्रो हुन्थ्ये । सुर्खेत क्याम्पस (शिक्षा)बाट स्नातक तह पुरा गरे । काठमाडौंँबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । अध्ययनको सिलशिला अहिले पनि जारी छ ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानून विषयमा स्नातक तहमा अध्ययन छन् । पढाइमा अब्बल भएका कारण विद्यालयदेखि क्याम्पस सम्मको छात्रवृत्ति कहिल्यै छुटेन । पढाइका अलवा हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिता उनको रुचिका विषयहरु थिए ।


सानै उमेरमा अपेक्षित उपलब्धि

२०/२२ बर्षको उमेर जीवनको एउटा उर्जाशील उमेर हो । उर्जाशील उमेर कमै व्यक्तिले मात्र सही प्रयोग गरेका छन् । कतिपयले यो उमेरमा जीवनको जग बसाल्छन् भने कतिले हाँस्दैखेल्दै समय विताउँछन् । यो उमेरलाई बर्बादी बेतित गर्नेहरु पनि धेरै छन् । तर झलक यस्ता व्यक्ति हुन् । जसले २२ बर्षे उमेरमै अपेक्षित उपलब्धि हाँसिल गरे ।

विकट क्षेत्रमा हुर्किएका २२ बर्षमै निजमति क्षेत्रमा प्रवेश गरे । स्थायी रोजगारीका लागि बर्षाैसम्म अध्ययनमा संघर्ष गर्नु परेन । लोकसेवा अयोगको तयारी गरेको पहिलो बर्षमै सफल भए । २०७१ सालको खरिदार र नायब सुब्बाको परीक्षामा पास भए । तर नायव सुब्बामा सिफारिस भइसकेका कारण खरिदारको परीक्षामा सहभागी हुनु परेन ।

स्थायी रोजगारीका लागि निजामतिमा आए

झलक राजनीतिमा विशेष रुचि राख्थे । प्लसटु र क्याम्पस पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भए । राजनीति गर्दै गाउँसमाजको सेवा गर्ने उनको इच्छा थियो । तर स्थायी रोजगारी र आर्थिक सम्पन्नताका लागि निजामति क्षेत्रमा होमिए ।

‘राजनीति गर्ने सानैदेखिको इच्छा हो, क्याम्पस पढ्दा विद्यार्थी राजनीति पनि गरियो’ उनले भने, ‘तर स्थायी रोजगारी र आर्थिक अभाव टार्न निजामति क्षेत्र रोजँे ।’ छोरो सरकारी कर्मचारी भएको हेर्ने आमाबुवाको इच्छाकै कारण निजामति क्षेत्रमा आउन बाध्य भएका हुन् । दैनिक ८/१० घण्टासम्म अध्ययन गर्ने उनी २०७२ सालदेखि निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । जुन दिन जीवनको सबैभन्दा खुशीको क्षण बन्यो । नेपाल कानून आयोग सिंहदरबार पहिलो कार्यथलो बन्यो ।

काठमाडौँमा हुँदा कानून मन्त्रालय र गृहमन्त्रालयमा रहेर काम गर्ने अवसर पाए । करिव तीन बर्षपछि अधिकृत तह उत्तीर्ण गरे ।
अधिकृत उनले गाउँलाई नै कर्मथलो बनाएका छन् । २०७५ सालचैत १ गतेदेखि छेडागाड नगरपालिकामा कार्यरत छन् । हाल उनले नगरपालिकाको निमित्त कार्यकारीको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

गाउँ नै प्यारो लाग्यो

२०६६ सालतिर उच्च शिक्षा र सुन्दर भविष्य खोज्दै झलक शहर पसे । सुर्खेतमा बसेर उच्च शिक्षा अध्ययन गरे । स्थायी रोजगारीका लागि निजामति क्षेत्रमा जोडिए । निजामति क्षेत्रमा हुँदा पनि केही समय शहरमै बसे । अनुकुल समय आएपछि जन्मभूमिलाई कर्मथलो बनाए । बाल्यकाल विताएको भिरपाखा र जन्मभूमिप्रतिको मायाले गाउँ फर्कायो ।

शहरमा बसेर अध्ययनको निरन्तरता, बृद्धि विकास, अध्ययन र अन्य सुविधा त्यागेर जन्मभूमिको सेवा गर्न गाउँ फर्किएका हुन् । ‘जन्ममूमिप्रतिको कत्तव्र्य पुरा गर्न गाउँलाई नै कार्यथलो रोजेको हु’ उनी भन्छन्, ‘पहिले जन्मभूमिको सेवा गर्छु,े बुढेसकालमा अवसरको सदुपयोग गरौँला ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार